
बुटवल-प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।
पोखरेलले देश र जनताको नाममा मुख्यमन्त्री पोखरेलले सपथ लिएका हुन् ।
साथै प्रदेश प्रमुख झाल अन्य २ जना मन्त्रीलाई सपथ ग्रहण गराएका छन्।
एमालेका बैजनाथ थारु र माओवादी केन्द्रका कुलप्रसाद केसीलाइ सपथ ग्रहण गराएका हुन् ।
थारुले भौतिक पुर्वाधार बिकास र केसिले आन्तरिक मामिला तथा कानुन मन्त्रिको रुपमा सपथ लिए।
सपथ ग्रहण कार्यक्रम प्रदेश प्रमुख आवास रहेको सडक डिभिजन कार्यालयको परिसरमा राखिएको थियो ।