
विराटनगर- प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन्।
विराटनगरको वीरेन्द्र सभा गृहमा बिहीबार प्रदेश प्रमुख गोविन्द तुम्बाहाङद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै राई मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
प्रदेश नम्बर एकको सानो आकारको मन्त्रिपरिषद् पनि गठन भएको छ। सात मन्त्रालयमध्ये तीन मन्त्रालयमा एमाले र माओवादी केन्द्रबीच भागबण्डा भएको हो। यसमा एमालेले तीन र माओवादी केन्द्रले एक मन्त्रालय हात पारेको छ।
एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हिक्मत कार्की, समाजिक विकास मन्त्रालयमा जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा जगदीश कुशियत छन्। त्यसैगरी एमाओवादी केन्द्रबाट इन्द्र आङम्बोले आर्थिक मामिला मन्त्रालय जिम्मेवारी वहन गर्नेछन्। मन्त्रीमा नियुक्त चार जनाले नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। बाँकी मन्त्रालयको जिम्मेवारी हाल मुख्यमन्त्री राईले लिएका छन्।