कमल पोखरी जोगाउन अदालतमै धर्ना

+
-

भक्तपुर-धार्मिक तथा साँस्कृतिक महत्व बोकेको कमल पोखरी जोगाउनुपर्ने माग गर्दै मध्यपुरथिमिका बासिन्दाले विहीबार भक्तपुर जिल्ला अदालतमा धर्ना दिएका छन् ।

मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अगाडिदेखि सार्वजनिक पोखरीको रुपमा रहेको उक्त पोखरी भूमाफियाले व्यक्तिको नाममा नामसारी गरी किनबेच गर्न थालेपछि त्यसलाई सार्वजनिक पोखरीकै रुपमा फर्काउन माग गर्दै स्थानीय बासिन्दाले हातहातमा प्ले कार्ड बोकेर अदालतमा दिनभर धर्ना दिएका हुन्।

भक्तपुर जिल्ला अदालतमा पोखरीको विषयमा बहस भएपछि स्थानीय बासिन्दाले परापूर्वकालदेखि धार्मिक कार्यका लागि प्रयोग हुँदै आएको उक्त पोखरीको अवैध दर्ता एवं किनबेच भएको भन्दै स्थानीयले पोखरी सार्वजनिक हुनुपर्ने माग गरेका थिए।

तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं. १ को १५ रोपनी ९ आना सार्वजनिक जग्गा २०४२ सालमा व्यक्तिको नाममा दर्ता भई बिक्री वितरण गरेको भन्दै बोडेका बासिन्दाले सो पोखरी सार्वजनिक रुपमै फर्काइनुपर्ने माग राखेका हुन्।

अदालत परिषरमै आएर मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आफूहरु सानो छँदा कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी सार्वजनिक पोखरी कै रुपमा फर्काइनुपर्नेमा जोड दिए।

पोखरी किनबेच भएपछि चार वर्ष अगाडि केही व्यक्तिले पोखरी पुर्न माटो ल्याउँदा स्थानीयले लखेटेको बताउँदै उनले ऐतिहासिक पोखरीलाई पोखरी कै रुपमा कायम गर्न अदालतसँग माग गरेको उनले बताए।।

२०४२ साल असार ३१ गते उक्त पोखरी कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरी मनाङ्ग घरभई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङ्गको नाममा पास भएको हो।

धार्मिक तथा साँस्कृतिक महत्व बोकेको कमल पोखरी जोगाउनुपर्ने माग गर्दै मध्यपुरथिमिका बासिन्दाले विहीबार भक्तपुर जिल्ला अदालतमा धर्ना दिएका छन् ।

मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अगाडिदेखि सार्वजनिक पोखरीको रुपमा रहेको उक्त पोखरी भूमाफियाले व्यक्तिको नाममा नामसारी गरी किनबेच गर्न थालेपछि त्यसलाई सार्वजनिक पोखरीकै रुपमा फर्काउन माग गर्दै स्थानीय बासिन्दाले हातहातमा प्ले कार्ड बोकेर अदालतमा दिनभर धर्ना दिएका हुन्।

जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिणीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङ्गको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको छ।

अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले कान्छी पोडेनीलाई अदालतमा झिकाउने आदेश दिएको छ। साथै पोखरी वरिपरिको जग्गा कुन लगत भिडाएर दर्ता गरिएको हो, त्यसको लगत, ठेक रसिदको सक्कल अदालतमा पेश गर्न आदेश दिएको छ। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?