पारसकाे कप्तानी पाली, नेपालको सम्भावना बलियो बन्दै, ९९ रन आवश्यक

पारसकाे कप्तानी पाली, नेपालको सम्भावना बलियो बन्दै, ९९  रन आवश्यक
+
-

काठमान्डौं – नामिबियामा जारी अाइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको उपाधिका लागि युएईविरुद्ध दुई सय ७८ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३९ ओभरमा ४ विकेट गुमाएर एक सय ७९ रन जोडेको छ। नेपाललाई जितका लागि ११ ओभरमा ९९ रन आवश्यक छ।

नेपालको पालीमा दीपेन्द्र एेरी ३५ शरद भेषावकर ३० ज्ञानेन्द्र मल्ल २४ र दिलिप नाथ १३ रनमा आउट भए। कप्तान पारस खड्का ६४ रनमा खेल्दैछन्। नेपालले एक सय ७४ रन जोड्दा चौथो विकेटका रुपमा शरद भेषावकर अाउट भए। शरद र पारसबीच चौथो विकेटका लागि ६३ रनको साझेदारी भएको थियो।

नेपालले एक सय ११ रन जोड्दा तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । पारस र दीपेन्द्रबीच तेस्रो विकेटका लागि ७३ रनको साझेदारी भएको थियो।

दिलिप नाथ १३ रनमा आउट भए। उपकप्तान ज्ञानेन्द्र मल्लले २४ रन बनाए। नेपालले ३८ रन जोड्दा पहिलो विकेट गुमायो। नवौं ओभरको पाँचौं बलमा दिलिप आउट भए। १० औ ओभरको पहिलो बलमा ज्ञानेन्द्र आउट भएका हुन्। नेपाललाई जितका लागि अब २२ ओभरमा १६६ रन आवश्यक छ।

टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गरेको यूएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर दुई सय ७७ रन बनाएको थियो। युएईका असफाक अहमदले ११४ रन बनाए । उनलाई तेस्रो विकेटका रुपमा सन्दीप लामिछानेले आउट गरे। असफाकले पहिलो विकेटका लागि कप्तान रोहन मुस्ताफासँग एक सय ९ रनको साझेदारी गरेका थिए।

कप्तान मुस्ताफाले ५१ रन बनाए। बसन्त रेग्मीले आफ्नाे चौथो ओभरको पहिलाे बलमा मुस्ताफालाई आउट गरे। युएईले एक सय ६३ रन जोड्दा विकेटकिपर घुलाम सब्बिर १८ रनमा आउट भएका थिए ।

उनलाई सन्दीप लामिछानेले रन आउट गरे। यूएईका साइमान अनवरले ४० रन बनाए। उनले २४ बलमा तीन छक्का र दुई चौका हिर्काए। रमिज सेहजादले अविजित ४१ रन बनाए। सेहजाद र अनवरबीच ५५ रनको साझेदारी भएको थियो।

यसअघि बुधबार भएको खेलमा क्यानडाका ओपनर विजेरत्नाले पनि नेपालविरुद्ध सतक बनाएका थिए। ने्पालले प्रतियोगिताकै सबैभन्दा धेरै रनको लक्ष्य पाएको हो। प्रतियोगितामा यसअघि खेलेका सबै पाँच खेलमा नेपालले पाएको लक्ष्य दुई सय टेकेको थिएन।

सन्दीपले प्रतियोगिताभर १७ विकेट लिए। पहिलो खेलमा चार विकेट लिएका सन्दीपले दोस्रो खेलमा तीन , तेस्रो खेलमा दुई, चौथो खेलमा पाँच र पाँचौं खेलमा दुई विकेट लिएका थिए।

राउन्ड रोबिनको शीर्ष दुई स्थानमा ररहेको आधारमा नेपाल र युएई उपाधिका लागि भिडिरहेका हुन्।

राउन्ड रोबिन लिगमा नेपाल पहिलो र युएई दोस्रो स्थानमा रहेका थिए। नेपालले यूएईलाई चार विकेटले हराएको थियो। नेपालले आईसिसीको वर्ल्ड क्रिकेट लिगमा हालसम्म तीनवटा डिभिजनको उपाधि जिति सकेको छ।

नेपालले डिभिजन फाइभ फो र थ्रीको उपाधि जितेको हो। सन् २०१० मा नेपालमै आयोजना भएको डिभिजन फाइभमा नेपालले अमेरिकालाई पराजित गर्दै सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो सफलता हात पारेको थियो। सन् २०१२ मा मलेसियामा भएको डिभिजन फोरमा नेपालले अमेरिकालाई नै हराएर उपाधि जितेको थियो।

त्यतिबेला नेपालका बसन्त रेग्मी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। सन्२०१३ मा बर्मुडामा भएको डिभिजन थ्रीमा नेपालले युगान्डालाई हराएर उपाधि जितेको थियाे। तर सन् २०१५ को एकदिवशिय विश्वकपका लागि भएको विश्वस्तरको छनोटमा कमजोर प्रदर्शन गरेपछि नेपाल पुन: डिभिजन तीनमा झर्‍यो।

सन् २०१४ मा भएको डिभिजन थ्रीमा नेपालले युगान्डालाई हराएर उपाधि जितेको थियो। तर सन् २०१५ मा भएको डिभिजन टूमा भने नेपाल शीर्ष दुई स्थानमा अटाउन सकेको थिएन। तरपनि पारस खड्का प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

तेस्रो र चौथो स्थानमा रहेका नेपाल र केन्या वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका लागि छनोट भएका थिए जुन प्रतियोगिता आईसिसीका पुर्ण सदस्य बाहेकले मात्र खेल्ने सबैभन्दा ठुलो एकदिवशिय प्रतियोगिता हो।

आईसिसीले आफ्ना पुर्ण सदस्यबाहेकका सदस्यलाई बर्गिकरण गर्न, एकदिवशिय विश्वकपमा छनोट गराउन र एकदिवशिय अन्तर्राष्ट्रिय मान्यता दिनका लागि सन् २००७ मा ल्याएको अवधारणा हो वर्ल्ड क्रिकेट लिग डिभिजन प्रतियोगिता हो। त्यसअघि भएको प्रदर्शनका आधारमा टिमहरुलाई विभिन्न डिभिजनमा राखिएको थियो। नेपाल भने डिभिजन पाँचमा परेको थियो त्यतिबेला।

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल र यूएई चिरप्रतिद्वन्द्वी हुन्। सन् २०१२ मा भएको एसिसी ट्रफीमा यी दुई टोली संयुक्त विजेता बनेका थिए जुन प्रतियोगिता एसियामा रहेका आइसिसीका पूर्णसदस्यबाहेकले खेल्ने सबैभन्दा ठूलो एकदिवसीय प्रतियोगिता हो। त्यस प्रतियोगितामा पारस खड्का प्लेयर अफ दी टुर्नामेन्ट घोषित भएका थिए। यही प्रतियोगिताको सन् २००२ मा आयोजित संस्करणको फाइनलमा युएईले नेपाललाई हराएको थियो।

सम्बन्धित समाचार 

डिभिजन डू फाइनल : युएईले टस जित्यो, रोज्यो ब्याटिङ

कप्तान र उपकप्तान आउट भएपछि युएई दबाबमा, १० ओभरमा ३ विकेट ३६ रन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?