
जनकपुरधाम-प्रदेश नम्बर २ को उपसभामुखमा संघीय समाजवादी फोरमकी उपमा देव निर्विरोध निर्वाचित भएकी छिन्।
फाल्गुन ४ गते भएको उपसभामुखको निर्वाचनमा उपमा निर्वरोध निर्वाचित भएकी हुन्। विहीवार उपसभामुखकोलागी प्रदेशसभा सदस्य उपमा देवको एकमात्र प्रस्ताव दर्ता भएपछि उनी निर्विरोध भएकी हुन् । तर औपचारिक घोषण भने १ बजेपछि मात्रै हुने जनाईएको छ।
देवको प्रस्तावकमा संघीय समाजवादी फोरमका प्रदेशसभा सदस्य ज्ञानेन्द्र कुमार यादव र समर्थकमा राजपा प्रदेशसभा सदस्य सुरीता साह रहेकी छिन्।
प्रदेश २ को सभामुखमा पुरुष भएकाले फरक दलबाट महिला उपसभामुख रहने प्रावधानको आधारमा देवले उपसभामुखको प्रस्ताव दर्ता गराएकी हुन्।
प्रदेश २ को सभामुखमा राजपाका सरोज कुमार यादव यसअघि नै निर्वाचित भइसकेका छन्।
प्रदेश २ मा फोरम र राजपा गठबन्धनको सरकार बनाउने सहमति भएपछि फोरमले मुख्यमन्त्री तथा उपसभामुख सहित तीन मन्त्रालय र राजपाले सभामुख सहित चार वटा मन्त्रालय पाउने सहमति भएको थियो।