
एजेन्सी- पछिल्लो समय युवा पुस्तामा चुम्बनको चलन लोकप्रिय बन्दै गएको छ। उनीहरु आपसमा भेट्दा, आफन्त, पार्टी जहाँ भेटे पनि पहिला चुम्बन गर्ने संस्कार नै बनाइसकेका छन्। तर, नेदरल्याण्ड्सका वैज्ञानिकहरुले भने चुम्बनलाई ब्याक्टेरिया भित्र्याउने ठूलो माध्यम बनेको बीबीसीले उल्लेख गरेको छ।
अनुसन्धानमा लागेका वैज्ञानिकहरुको टोलीले भनेका छन्, ‘१० सेकेण्ड एक चुम्बनको दौरान हो र एक चुम्बनमा करिब आठ करोड ब्याक्टेरिया मुखमा आदान प्रदान हुने गर्दछ जुन स्वास्थ्यको लागि हानिकारक हो।’
वैज्ञानिकहरुले २१ जोडीमा गरिएको अनुसन्धानबाट पत्ता लगाए कि मानिसहरुले एक दिनमा करीब ९ पटक एकअर्कालाई चुम्बन गर्ने गर्छन्। माया गर्ने नाममा उनीहरुले एक अर्कालाई ब्याक्टेरिया समेत सारिरहेका हुन्छन्।
यस्तै अध्यन अनुसार मानिसको मुखमा ७ सय प्रकारका ब्याक्टेरिया करोडौंको संख्यामा रहेका हुन्छन्। तर केही भने निक्कै तीव्र गतिमा सर्ने गर्दछन्।
नेदरल्याण्ड अर्गनाइजेशन फर एप्लाइनड सान्टिफिक रिचर्च (टीएनओ) का अनुसन्धानकर्ताले एक जोडीलाई चुम्बन गर्न लगाउँदा उनीहरुको मुखबाट करीब १० सेकेण्डको अन्तरमा चुम्बन गरेको र्याललाई ल्याबमा परीक्षण गर्यो। यसबाट वैज्ञानिकहरुले पत्ता लगायो कि उनीहरुको १० सेकेण्कोड चुम्बनबाट एक अर्कामा करीब ८ करोड ब्याक्टेरियाहरु सरिसकेका रहेछन्।
अनुसन्धानमा संलग्न प्रमुख प्रोफेसर रेमको कोर्ट भन्छन्, ‘फ्रेन्च किसिङ सबैभन्दा घातक हो। यस प्रकारको चुम्बनमा ब्याक्टेरियाको मात्रा तीव्र गतिले सर्न सक्ने सम्भावना हुन्छ।’
उनीहरुले यो अध्ययनबाट ब्याक्टेरियाग्रस्त विरामीको समस्यालाई समाधान गर्न सकिने अनुमान गरेका छन्। यस्तै डच वैज्ञानिकले उक्त अध्ययन गर्नलाई एमस्टर्डमस्थित ‘ब्याक्टेरियाको संसार’ भन्ने म्युजिमबाट सहयोग गरेका थिए।