वायु प्रदूषणको मुख्य कारक ‘घरायसी सामानबाट निस्कने रसायन’

वायु प्रदूषणको मुख्य कारक ‘घरायसी सामानबाट निस्कने रसायन’
+
-

विश्वव्यापी रुपमा शहरी क्षेत्रमा बढ्दै गएको वायु प्रदूषणको मुख्य कारकमा घरायसी रुपमा प्रयोग गरिने सामानबाट निस्कने रसायन रहेको देखिएको छ।

अमेरिकी अनुसन्धानकर्ताले गरेको नयाँ अनुसन्धानमा शहरी क्षेत्रमा बढदै गएको वायू प्रदूषणको मुख्यकारणमा सवारी साधानबाट निस्कने धुवाँजस्तै घरायसी रुपमा प्रयोग गरिने सामानबाट निस्कने रसायन पनि रहेको देखिएको हो। कोलोराडो विश्वविद्यालयका अनुसन्धानकर्ताको नेतृत्वमा भएको अनुसन्धान भोलाटाएल अग्र्यानिक कम्पाउन्डस (भिओसी) को रुपमा स्वीकार गरिएका पदार्थमा केन्द्रित थियो।

भिओसी पेट्रोलियममा आधारित उत्पादनहरु जस्तैः सरसफाइका लागि प्रयोग गरिने तरल पदार्थ, रंगसहितका सामानमा रहने गर्छन्। यस्तो पदार्थ हावाको सम्पर्कमा आएपछि मानव स्वास्थ्यमा असर गर्ने कण बन्ने वैज्ञानिकको भनाइ छ।

अहिलेसम्म वायु प्रदूषणको कारकको रुपमा रहेको गैर–सवारीजन्य भिओसीलाई नजरअन्दाज गरिएको अनुसन्धानकर्ताले बताएका छन्। सवारी साधनका लागि प्रयोग गरिने इन्धनभन्दा अरु घरायसी कामका लागि प्रयोग गरिने भिओसिएस युक्त सामानको मात्रा धेरै देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिक ब्रेन म्याकडोनाल्डले बताएका छन्।

अमेरिकाको वातावरणीय संरक्षण एजेन्सी (इपिए) ले गरेको अनुसन्धानमा वायु प्रदूषणको कारकमा सवारी साधनबाट निस्कने भिओसी र रसायनजन्य सामानबाट निस्कने भिओसीको अनुपात ७५–२५ रहेको देखिएको थियो। तर, कोलोराडो विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा यसको अनुपात झण्डै ५०–५० जस्तै देखिएको छ। यसले गर्दा सवारी साधनलाई वातावरणमैत्री बनाउने अभियानसँगै घरायसी रुपमा प्रयोग गरिने सामानलाई पनि वातावरणमैत्री बनाउनुपर्ने वैज्ञानिक म्याकडोनाल्डले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?