अमेरिकी चुनावमा रुसी दखल : १३ रुसी नागरिकमाथि आरोप दर्ता

अमेरिकी चुनावमा रुसी दखल : १३ रुसी नागरिकमाथि आरोप दर्ता
+
-

अमेरिकामा सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा दखल दिएको आरोपमा १३ जना रुसी नागरिकमाथि उजुरी दर्ता भएको छ । अमेरिकी संघीय जाँच आयोग (एफबिआई) ले राष्ट्रपति चुनावमा दखल दिन दिएको भन्दै १३ रुसी नागरिकमाथि आरोप दर्ता गरेको हो ।

उनीहरुमाथि गैरकानुनी रुपमा अमेरिकी चुनावमा हस्तक्षेपको प्रयास गरेको आरोप छ । तीनजनामाथि प्रविधिको प्रयोग गरेर छल गरेको तथा अरुकै पहिचान प्रयोग गरेको आरोप लगाइएको छ ।

यस्तै तीन रुसी कम्पनी पनि यो अपराधमा संलग्न रहेको एफबिआईको आरोप छ । अमेरिकी चुनावमा रुसी हस्तक्षेपका बारेमा अनुसन्धान गरिरहेका विशेष काउन्सिल रोबर्ट म्युलरले यस्तो आरोप तयार गरेका हुन् ।

पत्रकार सम्मेलनमा उप–महान्याधीवक्ता रोड रोसेन्स्टेनले कुनै पनि अमेरिकी नागरिक यसमा सामेल रहेको नदेखिएको बताए । यस्तै रुसी प्रयासले चुनावमा कुनै प्रभाव भने नपरेको उनले बताएका छन् ।

रुसी नागरिकले आफूलाई अमेरिकी नागरिक साबित गरेर बैंकमा खाता खोली राजनीतिक विज्ञापनका लागि हजारौँ डलर रकम खर्चेको आरोप पत्रमा उल्लेख गरिएको छ ।

यस्तै उनीहरुले अमेरिकामा राजनीतिक र्‍याली पनि गराएका थिए । उनीहरुले सन् २०१४ को सुरुदेखि नै अमेरिकी चुनावमा प्रभाव पार्नका लागि प्रयास सुरु गरेको उल्लेख गरिएको छ ।

राष्ट्रपति ट्रम्पले आफू चुनाव लड्ने निर्णय गर्नु पूर्वदेखि नै रुसी दखलको प्रयास सुरु भएकाले आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । यस्तै रुसले भने यो आरोपमा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष