कोहलपुर एक्सप्रेसमा केकी-विनोदको मनै लोभ्याउने प्रेमजोडी

+
-

काठमाडौँ- लोकप्रिय अभिनेत्री केकी अधिकारीको जुनकिरी आर्ट्सले बनाइरहेको सिनेमा ‘कोहलपुर एक्सप्रेस’ आफ्नो बेजोड सांगितिक उपस्थितिका कारण रिलिजको दुई महिनाअघिदेखि नै चर्चित बनेको छ।

पछिल्लो ‘अब मनसँग मन’ बोलको गीतमा केकी आफैँ र नयाँ अभिनेता विनोद न्यौपानेको प्रेमजोडी कलात्मक र लोभलाग्दो देखिएको छ। गीतमा केकीको अभिनय र रुप दुवै खुलेको छ। उनी ग्ल्यामरस र सेक्सी देखिएकी छन्। विनोद पनि ह्यान्डसम देखिएका छन्।

यो गीत सुगम पोखरेल र अञ्जु पन्तले गाएका हुन्। अर्जुन पोखरेलको शब्द र संगीत दुवै आल्हादकारी बनेको छ। यसअघिको ‘सीओडब्लु काउ’ शीर्षकको गीत निकै लोकप्रिय भइसकेको छ।

पश्चिम नेपालका बाँके, कैलाली र कर्णाली नदी आसपास खिचिएको यो नयाँ गीतको सेट पनि सानदार देखिएको छ। अभिनेत्री केकीका अनुसार उनले यो सिनेमाका गीत तयार पार्न निकै मेहनत गरेकी छन्।

वैशाख १४ गते रिलिज गर्ने लक्ष्य राखिएको ‘कोहलपुर एक्सप्रेस’मा केकी र बिनोदबाहेक प्रियंका कार्की र ऋचा शर्मालगायतको अभिनय छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?