
अ
+
अ
अ
-
धनगढी- प्रदेश ७ मा सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। शनिबार मुख्यमन्त्री त्रिलोचन भट्टसहित अन्य ६ सदस्य मन्त्रीमण्डल गठन भएको हो।
शनिबार ३ बजे हुने भनेको सपथग्रहण मन्त्री छान्न ढिलाइ हुँदा साँझ ५ बजे मात्रै पद तथा गोपनीयताको सपथग्रहण गरेको थियो। बाम गठबन्धनको संयुक्त सरकार भएको यस प्रदेशमा एमालेले ४ मन्त्रालय र माओवादीले मुख्यमन्त्री सहित ३ वटा मन्त्रालय पाएको छ। तीन दिनसम्मको छलफलपछि शनिबार दुई दल बीच मन्त्री बाँडफाँटमा कुरा मिलेको हो।
एमालले आन्तरिक मामिला तथा कानुन, भौतिक तथा पूर्वाधार विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाएको हो। यस्तै माओवादीले मुख्यमन्त्रीसहित आर्थिक तथा योजना मन्त्रालय र भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाएको छ।
एमालेले आफ्नो भागमा परेका मन्त्रालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता प्रकाशबहादुर शाह, भौतिक तथा पूर्वाधार विकासमन्त्रीमा भौतिक तथा पूर्वाधार विकास मन्त्रीमा डडेल्धुराबाट निर्वाचित प्रदेश सभा सदस्य पठानसिंह बोहरा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बैतडी प्रदेश सभाबाट निर्वाचित माया भट्ट र समाजिक विकास मन्त्रीमा कैलाली प्रदेश सभाबाट निर्वाचित दीर्घ सोडारी छन्।
यस्तै माओवादीको भागमा परेका मन्त्रालयमा आर्थिक तथा योजना मन्त्रीमा अछाम प्रदेश सभाबाट निर्वाचित झपट बोहरा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा कैलालीबाट समानुपतिक प्रदेश सभा सांसद विनाता चौधरी छन्।