लुकाकु चम्किए, माटाको गोलमा विवाद, म्यानचेस्टर युनाइटेड अन्तिम ८ मा

लुकाकु चम्किए, माटाको गोलमा विवाद, म्यानचेस्टर युनाइटेड अन्तिम ८ मा
+
-

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनल अन्तर्गत शनिबार राति भएको खेलमा हडर्ल्सफिल्ड टाउनलाई २–० ले हराउँदै जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड एफए कपको अन्तिम ८ मा पुगेको हो ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई जिताउन दुवै गोल रामेलु लुकाकुले गरे । लुकाकुले तेस्रो मिनेटमा नै आन माटाको पासमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए ।

यस्तै उनले ५५ औँ मिनेटमा एलेक्स सान्चेजको पासमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे । लुकाकुले यो सिजन २१ गोल गरिसकेका छन् ।

पहिलो हाफको अन्तिम सयममा माटाले गोल गरेका थिए । भिडियो एसिस्टेन्ट रेफ्रीको सहायतामा रेफ्रीले अफसाइड भन्दै उनको गोललाई मान्यता दिएनन् । मोरिन्होको टिमले अब क्वाटरफाइनलमा ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार राति नै भएको खेलमा कोवेन्ट्रीलाई ३–१ ले हराएर ब्राइटनले पनि अन्तिम ८ मा स्थान पक्का गरेको छ । यस्तै राति नै भएको खेलमा वेष्ट ब्रोमलाई २–१ ले हराउँदै साउथह्याम्पटनले पनि अन्तिम ८ मा स्थान पक्का गरेको छ ।

तर शेफिल्ड वेइनस्डेसँग गोल रहित बराबरी खेलेको स्वान्सी सिटीले क्वाटरफाइनल प्रवेशका लागि आउँदो बुधबार रि–प्ले खेल्नु पर्ने भएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष