काठमाडौं – पूर्व र पश्चिमको पहाडी क्षेत्रमा आंशिक बलदी भए पनि देशका बाँकी क्षेत्रको मौसम आइबार सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव कम भएकाले मौसम सफा हुँदै गएको मौसमविदले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण शनिबार दिनभर देशभरको मौसम बदली भएको थियो । तर आइतबार भने देशका प्रायः ठाउँमा घाम लाग्ने महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागेको छ र दिनभर पनि मौसम सफा रहने मौसमविदले बताएका छन् । आइतबार राति भने पूर्व र पश्चिमको पहाडी क्षेत्रसहित देशभरको मौसम सफा हुनेछ ।