प्रदेश नं. ५ : उपसभामुख चुन्न आज निर्वाचन हुँदै

प्रदेश नं. ५ : उपसभामुख चुन्न आज निर्वाचन हुँदै
+
-

बुटवल – प्रदेश नम्बर ५ को उपसभामुख चुन्न आइतबार निर्वाचन हुँदैछ । उपसभामुखमा लागि नेकपा एमाले र नेपाली कांग्रेसले उम्मेदवारी दिएका छन् ।

एमाले र माओवादी केन्द्रको गठबन्धनबाट बर्दियाकी पूर्व कमलरी कृष्णी थारुको उम्मेदवारी दर्ता गरेकी छन् भने प्रमुख प्रतिपक्षी दल कांग्रेसले कपिलवस्तुकी दलित आन्दोलनकी अगुवा रीना नेपाल बिकले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभामा एमाले–माओवादी गठबन्धनसँग ६१ सदस्य छन् भने कांग्रेससँग १९ सदस्य छन् । चौथो दल संघीय समाजवादी फोरम, नेपालले कसैलाई समर्थन गरेको छैन ।

आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकले उपसभामुखको निर्वाचन गर्नेछ । त्यसैले गठबन्धनकी उम्मेदवार थारु विजयी सुनिश्चत छ ।

उपसभामुखमा कांग्रेसको उम्मेदवारी किन ?

कांग्रेसले मुख्यमन्त्री र सभामुख पदमा उम्मेदवारी दिन चासो देखाएन । तर उपसभामुखमा भने उम्मेदवारी दिएको छ ।

अरु प्रदेशमा उम्मेदवारी नदिएको कांग्रेसले प्रदेश ५ मा उपसभामुखमा उम्मेदवारी दिँदै प्रतिपक्षी भएकाले उपसभामुख आफूले पाउनुपर्ने दाबी गरेको छ ।

प्रदेश ५ को संयोजनको जिम्मा पाएका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले एमाले र माओवादी केन्द्र सत्तापक्ष भएकाले प्रतिपक्षले उपसभामुख पाउनुपर्ने दाबी गरे ।

तर एमालेले भने कांग्रेसको तर्कमा दम नभएको बतायो । ‘अहिले पार्टी एकता नै भएको छैन, एकता प्रक्रियामा छ’ एमाले प्रदेश ५ का मुख्य सचेतक भूमिश्वर ढकालले भने, ‘कांग्रेसको त्यो तर्कमा दम छैन ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?