
काठमाडौं-अमिलो, पिरो, चिल्लो र मसलाको जहाँ धेरै प्रयोग हुन्छ त्यहाँ ग्यासटाइटिस हुने सम्भावना बढी हुन्छ। यो अहिले सामान्य रोग बनिसकेको छ।
९० प्रतिशत भन्दा बढी वयस्क यो रोगले प्रभावित रहेको देखिन्छ। हाम्रै सामान्य लापरवाहिका कारणले हुने परिणाम हो पेप्टिक अल्सर। यसलाई आमाशयिक घाउ पनि भन्ने गरिन्छ।
जिब्रोको भाषामा भोजन गर्ने जोसकै पनि ग्यास्ट्रिकको सिकार हुने गरेको चिकित्सकहरु बताउँछन्। उनीहरुका अनुसार जब मानिसलाई ग्यास्ट्रिकले ग्रस्त बनाउँछ तब उसले विभिन्न किसिमका औषधिहरुको प्रयोग गर्छन्। पेटको दुखाईले बिरामी चिन्ता तनावग्रस्त हुन्छ जसका कारण हाईड्रोक्लोरिक एसीड उत्पादन हुने गर्छ र पेप्टिक अल्सर हुने सम्भावना बढी रहन्छ।
यूनिर्भस अफ म्यारील्याडका अनुसार कहिलेकाही कुनै-कुनै अवस्थामा पेप्टिक अल्सर हुन सक्छ,जस्तै ब्यटेरियल या भाईरल संक्रमणका कारण, शरीरिक चोट, अनावश्यक औषधि प्रयोगका कारणले हुने गरेको बताएको छ।
पेप्टिक अल्सरका लक्षण यस्तो छ
पेट दुखिरहन्छ।
कहिलेकाहिँ असह्य पिडा हुन्छ।
छाती पोल्छ।
खाना खान मन नलाग्छ।
वाकवाकी लाग्छ।
अमिलो डकार आउँछ।
पेट ढाडिन्छ।
तौल घट्न्छ।
उपचार तथा रोकथाम
विषेश रुपमा खानपानमा सावधानी अपनाउनुपर्छ।
ग्यासट्रिक भएको थाहा पाउनासाथ उपचार सुरु गरिहाल्नुपर्छ।
घरेलु उपचार यसलाई कम गर्न सकिन्छ।
बिहान खाली पेटमा बन्दागोभीको काँचो रस ७०० मिलि पिउने गर्नुपर्छ।
दिनको तिन पटक खाना खाने ,खादाँ स्वस्थ्यबर्दक र गुणस्तरीय भोजन गर्नुपर्छ।
फलफूलको रसहरु अल्सरको लागी उपयोगी हुने हुदाँ दैनिक रुपमा लिने गर्नुपर्छ तर अमिलो र कडा खालको फल खानुहुदैन।
पाकेको केरा खाने गर्नाले पनि अल्सर हुने हरुलाई फाइदा हुने गर्छ।
मसलायुक्त खानाको प्रयोग गर्नुहुदैन।
धुम्रापान र मद्यपान गर्नुहुदैन।
खाली पेट बस्नु हुँदैन्।
चिन्ता र तनावबाट मुक्त रहनुपर्छ।