
बुटवल- प्रदेश ५ मा सभामुखले कार्यव्यवस्था समिति गठन गरेका छन्।
प्रदेश सभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा १५ बमोजिम सभामुख पूर्ण बहादुर घर्तीले भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, नारायणप्रसाद आचार्य, दधिराम न्यौपाने, इन्द्रजित थारु, वीर बहादुर राना, रमा अर्याल, विजय यादव र तारा जिसीलाई मनोनित गरेका हुन्।
अन्तरिम कार्यविधिअनुसार कार्यव्यवस्था परामर्श समितिमा सभामुख अध्यक्ष, उपसभामुख उपाध्यक्ष र कानुनमन्त्री पदेन सदस्य हुने व्यवस्था छ।