भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु

भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु
+
-

स्यान्टियागो जामिल्टेपेक-मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दुतर्फ गइरहेका बेला दुर्घटना भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । ओक्साका राज्यको स्यान्टियागो जामिल्टेपेकमा हेलिकोप्टर दुर्घटना भएको हो ।

गत शुक्रबार अवेर राति ७.२ म्याग्नीच्युडको भूकम्प जाँदा ठूलो मात्रामा भौतिक क्षति भएको छ ।

दुर्घटनामा परी पाँच महिला, चार पुरुष र तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको ओक्साकाका अधिकारीहरुले बताएका छन् ।

युएच—६० ब्ल्याक हक नामक सो सैन्य हेलिकोप्टरमा मेक्सिकोका आन्तरिक मामिलासम्बन्धी मन्त्री अल्फोन्सो नाभर्रेटे र ओक्साका राज्यका गभर्नर अलेजान्द्रो मुरात पनि रहेका थिए।

तर मन्त्री र गभर्नर भने सकुशल रहनुभएको सो मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

भूकम्पका कारण सो क्षेत्रमा ५० ओटा घरसँगै सभाहल र केही चर्च पनि ध्वस्त भएका छन् । तर अहिलेसम्म मानवीय क्षतिको खवर भने आएको छैन ।

ओक्साका राज्यका अधिकारीहरुले भूकम्प प्रभावितहरुका लागि शिविरहरु स्थापना गरेका छन् भने उनीहरुलाई आपतकालिन सहयोगका लागि झण्डै छ हजार सैनिक र प्रहरी पनि परिचालन गरिएको छ ।

सम्बन्धित समाचार 

मेक्सिकोमा फेरि शक्तिशाली भूकम्प

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?