रावलपिन्डी एक्सप्रेस अब क्रिकेटको ब्रान्ड एम्बासडर

रावलपिन्डी एक्सप्रेस  अब क्रिकेटको ब्रान्ड एम्बासडर
+
-

काठमाडौं- पाकिस्तानका विश्व कीर्तिमानी  फास्ट बलर शोएब अख्तर अब ब्रान्ड एम्बासडर बनेका छन्। पाकिस्तान क्रिकेट बाेर्ड-पीसिबीले अख्तरलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको हो। उनी पीसिबी अध्यक्ष नजाम सेठीका क्रिकेट मामिला सल्लाहकार पनि बनेका छन्।

सेठी   यसअघि पीसिबी अध्यक्ष बनेका बेला अख्तरले उनको कार्यशैलीको आलोचना गरेका थिए। सन् २०१३ मा  सेठी अध्यक्ष भएका बेला अख्तरले पाकिस्तानी क्रिकेटकाे स्तर खस्कीएकाे बताएका थिए।

यसपटक सेठीकाे निर्णयकाे स्वागत गर्दै अख्तरले भनेका छन्- यस हैसियतका लागि छनोट गरिएकोमा म निकै खुसी छु। खेल्दा जुन जाेशका साथ काम गरेको थिएँ त्यसरी नै काम गर्ने छु।

अख्तरले पाकिस्तानका लागि १४ वर्ष सिनियर अन्तर्राष्ट्रिय किकेट खेलेका थिए। उनी कुनै समय सबैभन्दा तिव्र गतिमा बलिङ गर्ने बलर थिए।यसैकारण उनलाई रावलपिन्डी एक्सप्रेस भन्ने गरिन्थ्यो।

अख्तरले सन् २०११ को एकदिवशिय विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका थिए।

त्यसअघि उनले टेस्ट क्रिकेटमा ४६ खेलमा एक सय ७८ विकेट एकदिवशिय अन्तर्राष्ट्रियमा एक सय ६३ खेलमा दुई सय ४७ विकेट र  टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १५ खेलमा १९ विकेट लिएका थिए।

पीसीबीको आलोचना गरेकाे अाराेपमा सन् २००८ मा उनलाई पाँच वर्षको प्रतिबन्ध लगाईएको थियो। तर अदालतले पीसिबीकाे उक्त निर्णय उल्टाएको थियो।

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष