चितुवाले खाएको बालकको परिवारलाई राहत

चितुवाले खाएको बालकको परिवारलाई राहत
+
-

दमौली-तनहुँको भानु नगरपालिका वडा नं ३, दोरदोरका छ वर्षीय बालक विशाल श्रेष्ठलाई बुधबार राति चितुवाले खाएपछि पीडितको परिवारलाई रु ५० हजार राहत रकम उपलब्ध गराइएको छ।

पीडितको परिवारलाई शनिवार रु ५० हजार राहत दिइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताउनुभयो । तत्काललाई किरिया खर्चबापत सो रकम उपलब्ध गराइएको हो, उनले भने। जिल्ला वन अधिकृत अम्बिकाप्रसाद पौडेलले पीडितको घरमै पुगेर उक्त राहत रकम दिएको हो।

जनावरको आक्रमणबाट मानिसको मृत्यु भएमा बढीमा रु १० लाख राहत रकम दिने कानूनी व्यवस्था छ । बालकलाई खाने जनावर नरभक्षी बाघ नभएर जंगलमै पाइने चितुवा भएको अनुमान गरिएको छ।

चितुवाको बच्चा रहेको ठाउँ वरिपरि बालक हिँडडुल गरेकाले खाएको हुनसक्ने वन कार्यालयका कर्मचारीले बताए।

सो घटना भएलगत्तै काठमाडौँको चिडियाखानाबाट आएको टोलीले दुई दिनसम्म उक्त जंगलमा चितुवालाई नियन्त्रणमा लिन सर्च गरेपनि फेला नपरेपछि त्यसै फर्केको बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?