
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजिनामा बुझाउन गएका डा. स्वर्णिम वाग्लेलाई महत्त्व दिएका छन्।
वाग्लेले एमाले नेता बिष्णु पौडेल मार्फत ओलीसँग भेटका लागि ३ बजेको समय मिलाएका थिए। तर प्रधानमन्त्री ओली ब्यवस्त हुँदा वाग्लेले ५ बजे मन्त्रिपरिषद् बैठक सक्किए पछि प्रधानमन्त्रीलाई भेटेका थिए।
वाग्लेले प्रधानमन्त्री ओलीलाई योजना आयोगको पुनर्संरचनाका लागी तयार पारिएको नयाँ गठन आदेश प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएकाले योजना आयोगलाई ‘थिंक ट्यांक’ बनाउन नयाँ गठन आदेश पारित गर्न आग्रह गरेका थिए।
वाग्लेले ओलीलाई भने, ‘योजना आयोग पुनर्संरचना ठुलो निर्णय भएकाले नयाँ सरकारलाई पर्खिएको हो।’
जवाफमा ओलीले भने, गठन आदेशका बिषयमा तपाईसँग बृहत कुरा गर्नेछु।
ओलीले आफ्ना प्रेस संयोजक चेतन अधिकारीलाई वाग्लेको फोन नम्बर टिप्न लगाइ छिट्टै छलफलका लागी बोलाउने बताएका थिए।
छोटो सात्क्षात्कार कुरा पछि वाग्लेले ओलीलाई राजीनामा पत्र बुझाएका थिए।
ओलीले योजना आयोगमा सुधारका कामहरु सुरुवात गरेकोका वाग्लेलाई धन्यवाद दिदैं उनको राजीनामा स्वीकृत गरेका थिए।
प्रधानमन्त्री ओलीलाई भेट्न वाग्लेसँग आयोगका सदस्य प्राडा गीता भक्त जोशी पनि गएका थिए।
ओलीले गीताभक्तलाई देखाउन उहाँ सँग त मेरो राम्रो चिनजान छ।
म पहिले प्रधानमन्त्री हुँदा नै उहाँ योजना आयोगमा जानु भएको थियो। तपाई सँग भेट कम भए पनि मैले तपाईका बारेका धेरै सुनेको छु, म छिटै तपाईलाई बोलाउने छु।
यो पनि पढ्नुहोस