रियल मड्रिड लयमा फर्किँदै, ला लिगामा प्रभावशाली जित

रियल मड्रिड लयमा फर्किँदै, ला लिगामा प्रभावशाली जित
+
-

स्पेनिस ला लिगा फुटबलमा पछिल्ला खेलमा साबिक विजेता रियल मड्रिडले आफ्नो पुरानो लय लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा जिनेदिन जिदानको टिम रियल मड्रिडले रियल बेटिसमाथि ५–३ को प्रभावशाली जित दर्ता गर्‍यो ।

रियलको जितमा मार्को एसेन्सिओले दुई गोल गरे । यस्तै सजिर्यो रामोस, क्रिष्टियानो रोनाल्डो र करिम बेन्जिमाले एक एक गोल गरे । रियल बेटिसका लागि एइसा मोन्डी र सर्जियो लियोनले गोल गरे । यस्तै रियल मड्रिडका नाचोले आत्मघाती गोल गरे ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत १६ को पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग सुरुमा पछि परेर पनि जित निकालेको रियल मड्रिडले त्यसपछि भएको पहिलो घरेलु लिगमा पनि पहिलो हाफमा पछि पर्‍यो ।

११ औँ मिनेटमा एसेन्सिओको गोलबाट रियलले अग्रता लिएको थियो । तर ३३ औँ मिनेटमा मोन्डीले रियल बेटिसका लागि बराबरी गोल गरे । त्यसको चार मिनेटपछि नाचोले आत्मघाती गोल गर्दै पहिलो हाफमा रियल बेटिसलाई २–१ को अग्रता दिलाए ।

तर रियल मड्रिडले दोस्रो हाफमा थप चार गोल गर्‍यो। ५० औँ मिनेटमा रामोस तथा ५९ औँ मिनेटमा एसेन्सिओले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले ३–२ को अग्रता लियो ।

रोनाल्डोले ६५ औँ मिनेटमा गोल गर्दै अग्रता बढाए । ८५ औँ मिनेटमा लियोनले रियल बेटिसका लागि थप एक गोल गरे । इन्जुरी समयको दोस्रो मिनेटमा बेन्जिमाले गोल गरेपछि रियल मड्रिड ५–३ ले विजयी भयो ।

जितपछि चौथो स्थानको रियल मड्रिडको २३ खेलबाट ४५ अंक भएको छ र उ एक खेल बढी खेलेको तेस्रो स्थानको भ्यालेन्सिया भन्दा एक, दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १० र शीर्ष स्थानको बार्सिलोना भन्दा १७ अंकले पछि रहेको छ । यो खेलमा दुवै तर्फबाट ८ गोल भने भने खेल अवधिमा रेफ्रीले ८ वटा पहेँलो कार्ड प्रयोग गरे ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष