कब्जियत : सामान्य होइन ! यस्तो छ बच्ने उपाय

कब्जियत : सामान्य होइन ! यस्तो छ बच्ने उपाय
+
-

काठमाडौं – दिसा नियमित र सजिलोसँग नआउने, दिसा गर्नका लागि बल प्रयोग गर्नुपर्ने अवस्था हो, कब्जियत । कब्जियत हुदाँ पाचन प्रकियामा गडबडी भई दैनिक रुपमा दिसा नआउने र दिसा गर्ने समयमा कठिनाई हुने, राम्रोसँग दिसा ननिस्कने र कडा सुख्खा खालको दिसा आउने गर्दछ ।

अस्वस्थकर खानपान र जीवनशैलीका कारण कब्जियत देखिने डाक्टरले बताएका छन् । कब्जियतकै कारण शरीरमा विभिन्न किसिमका रोगको खतरा हुने गरेको डाक्टर बताउँछन् ।

यूनिर्भससिटि अफ म्यारील्याडका अनुसार व्यायम र शारीरिक कसरत नगर्ने, पेनकिलर र नार्काटिक्स जस्ता औषधिको खानेहरुमा यो समस्या व्यापक देखिन्छ ।

त्यस्तै जंकफुड (पत्रु खाना) प्रयोग गर्नाले, भुटेको तारेको खानेकुरा खानाले, विभिन्न औषधि सोवनका कारण, अनिद्रा, शोक, चिन्ता, तनावपूर्ण अवस्थाले, धूम्रपान र मद्यपान, चिया कफिको बढी सेवन लगायतका कारणले गर्दा कब्जियत समस्या हुने गरेको छ ।

समयमै ख्याल गरिएन भने यो दीर्घकालीन कब्ज घातक पनि हुन सक्छ । कब्जियतको कारण ग्यास्ट्रिक, अल्सर, पेटको क्यान्सर, अपच, उच्च रक्तचाप तथा न्यून रक्तचाप, मोटोपन जस्ता समस्या निम्ताउँछ । कोलेस्ट्रोल, युरिक एसिड रगतमा असामान्य रहने गर्दछ ।

प्रायः यो समस्या बुढेसकालमा बढी देखिन्छ उमेर ढल्किँदै जाँदा आन्द्राको पाचन क्षमता कमजोर भई कब्जियत हुने गर्छ ।

लक्षण

दिसा गर्दा बल प्रयोग गर्नुपर्ने

भोक नलाग्ने

दिसामा गोटा पर्ने

पेट दुख्ने

थाकेको महसुस हुने

छाती पोल्ने

रोकथाम

दिसा आउँदा रोकेर नराख्ने

खाना खाने बित्तिकै नसुत्ने

जंकफुड प्रयोग नगर्ने

भुटेको तारेको खानेकुरा नखाने

जथाभावी औषधी नखाने

मद्यपान र धूम्रापान नगर्ने

तनाव चिन्ता नलिने

कम्मर कसिलो गरी पटुका नकस्ने

हरियो सागपात, फलफुल प्रशस्त खाने

रेसादार खाना खाने

पानी प्रशस्त पिउने ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?