
कैलाली-प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो आवास अत्तरियामै खोज्ने भनेपछि अझै उनको आवासको टुंगो लागेको छैन्।
धनगढीका विभिन्न ठाउमा आवासका लागि घरहरु छनौट गरिए पनि मुख्यमन्त्रीले अत्तरियामा नै बस्ने भनेपछि आवासको टुंगो लाग्न नसकेको हो।
प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले धनगढीमा खोजेको घरमा मुख्यमन्त्री भट्टले बस्न नमानेपछि उनका लागि अत्तरियामा आवास खोज्ने कार्य भईरहेको जानकारी दिए।
मुख्यमन्त्री भट्टले पहाडका नेता कार्यकर्ता भेटघाट गर्न अत्तरिया नै उपयुक्त हुने भएकोले अत्तरियामा आवास खोज्न निर्देशन दिनुभएको बताईएको छ।
आवासको टुंगो नलागेकाले मुख्यमन्त्री भट्ट अहिले धनगढीमा रहेको कृषि विकास बैङकको क्षेत्रिय तालीम केन्द्रमा बसिरहेका छन्।
प्रदेश ब्यवस्थापन कार्यालयले नवजिवन अस्पताल अगाडिको नीजि घर भाडामा लिने निर्णय गरेको थियो तर मुख्यमन्त्रीले त्यहाँ नबसेर अत्तरिया बस्ने भनेपछि अत्तरियातिर घर खोज्ने काम भईरहेको छ।
अत्तरियामा पनि दिब्या रोजिनको गेष्ट हाउस हेरिएपनि सुरक्षाका दृष्टिले त्यसलाई पनि उपयुक्त मानिएको छैन्।