प्रजातन्त्र दिवसमा दीप राखियो, प्रज्व्लन गरिएन

प्रजातन्त्र दिवसमा दीप राखियो, प्रज्व्लन गरिएन
+
-

कैलाली-६८औ राष्ट्रिय प्रजातन्त्र दिवस प्रदेश ७ सरकारले पनि औपचारीक कार्यक्रमको आयोजना गरि मनाएको छ। सोमवार विहान धनगढीको पार्कचौकदेखी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसम्म प्रभातफेरी निकालिएको छ।

प्रभातफेरीमा प्रदेश ७ का मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख उपसभामुख सहित निजामती कर्मचारीहरु र प्रहरीहरु सहभागि थिए।

केही संख्यामा राजनितिक दलका नेताहरु सहभागि भएपनि सर्वसाधारणहरुको सहभागिता भने शुन्य थियो। पार्कचौकदेखि बाजागाजा सहित प्रभातफेरी निकालीएपछि मन्त्री परिषदको कार्यालयमा औपचारीक कार्यक्रम सुरु भएको थियो।

तर व्यवस्थापकिय कमजोरीका कारण औपचारीक कार्यक्रममा बिभिन्न त्रुटी देखिएका थिए। कार्यक्रम तालिकामा राष्ट्रिय गान राखिएको भएपनि धुन उपलब्ध नहुदा एक पत्रकारको मोवाईलबाट राष्ट्रिय गान बजाईएको थियो।

प्रजातन्त्र दिवस समारोहका व्यानर समेत टास नभएको कार्यक्रममा मञ्चमा दिप राखिएपनि कार्यक्रमको अन्त्यसम्म त्यसलाई प्रज्वलन गरिएन। उद्घोषकले दिप प्रव्जलन नै नगरी कार्यक्रमको समापनका लागि मुख्यमन्त्रीलाई आग्रह गरेपछि मञ्चमा बसेका अतिथिहरुले एकअर्कालाई हेरेर मुखामुख गरेका थिए।

समारोहमा विभिन्‍न राजनितिक दलका नेताहरु सहभागि भएपनि उनिहरुलाई आसन ग्रहण नगराउदा केहि नेताहरु कार्यक्रम नसक्किदै निस्किएका थिए।

प्रजातन्त्र दिवस समारोहमा बोल्दै मुख्यमन्त्री त्रिलोचन भट्टले विगतमा स्थानिय सरकार नहुदा जनताले प्रजातन्त्रको अनुभूति गर्न नपाएको बताउदै अब प्रदेश सरकारले सबै जनतामा प्रजातन्त्रको अनुभूति गराउने गरी काम गर्ने बताए।

प्रदेश ७ का सभामुख अर्जुन बहादुर थापाले हिजोका उपलब्धी रक्षा गर्दै आर्थिक उन्‍नतिको पथमा हिड्न सके प्रजातन्त्र बलियो हुने बताए।

सम्बधित समाचार 

टुँडिखेलमा ६८ औँ प्रजातन्त्र दिवसको झलक (फोटो फिचर)

६८ औँ प्रजातन्त्र दिवस आज मनाइँदै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?