स्वास्थ्य शिविरमा घुइँचो लागे सर्वसाधारण

स्वास्थ्य शिविरमा घुइँचो लागे सर्वसाधारण
+
-

नेपालगञ्ज – नेपालगञ्ज–१९, सूर्जीगाउँमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविर सर्वसाधारणको घुँइचो लागेको छ।

नगरभित्रै आयोजना गरिएको शिविरमा सर्वसाधारण घण्टौ उभिएर सेवा लिएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र, बाँकेले सोमबार आठदेखि दुई बजेसम्म सूर्जीगाउँस्थित एक स्कूल परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा ३ सय ८१ जनालाई जाँच गर्नुका साथै निशुल्क औषधी दिइएको थियो । सेवा लिनेमा २ सय ४० जना महिला र एक सय ४१ जना पुरुष थिए ।

केन्द्रकी अध्यक्ष लता शर्माले ३ महिना बालिकादेखि ९० वर्षीया बृद्धाले शिविरबाट सेवा लिएको बताइन् । शिविरमा नसर्ने रोग, जंक फुड र यसबाट पर्ने स्वास्थ्य समस्या विषयगत सचेतना गोष्ठीको आयोजना पनि गरिएको थियो । गोष्ठीमा भेरी अञ्चल अस्पतालका मुटु तथा मधुमेह रोग विशेषज्ञ डा. विपिन आचार्यले सहजीकरण गरेका थिए ।

केन्द्रकी अध्यक्ष शर्माले गोष्ठीमा सिकेको कुरा घर परिवार र गाउँघरमा सचेतना फैलाउन सहभागीहरुलाई आग्र्रह गरिन् ।

साविक बसुदेवपुर गाविस र नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत बसुदेवपुरको सुर्जीगाउँ, मन्नीपुर, कारकाँदो, लग्दहवा, धम्बोझी लगायतका ग्रामीण समुदायका सर्वसाधारण लाभान्वित भएको सो शिविरमा आँखाको दुखाई, कानबाट पिप बग्ने, पेट दुख्ने, जिउ चिलाउने, महिलाहरुको सेतो पानी बग्नेलगायत समस्याबाट पीडितहरु बढी आएको चिकित्सकहरुले बताए ।

शिविरमा भेरी अञ्चल अस्पतालका मुटु रोग तथा मधुमेह रोग विशेषज्ञ डा. आचार्य, नेपालगञ्ज मेडिकल कलेजका मेडिकल अधिकृत डा. घना केसी, डा. राम बहादुर विष्ट र दीपक जायसवालले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा सहयोग गर्नेहरुमा केन्द्रकी उपाध्यक्ष तारा के.सी., कोषाध्यक्ष ममता आचार्य, स्वास्थ्यकर्मीद्वय राजेन्द्र कुमार वर्मा र कृष्ण देवकोटा, केन्द्रका नितेश गिरि, ललिता जैसी, रमण कुमार शर्मा, निखिल जायसवाललगायत थिए ।

यसैबीच, नेपालगञ्जमा ६८ औं प्रजातन्त्र दिवस मनाइएको छ । सानो संख्यामा सहभागी भएका सरकारी कर्मचारीहरुले प्रभातफेरि र शहीदका फोटोमा माल्र्यापण गरेर शहीद दिवस मनाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय अगाडिबाट निस्केको प्रभातफेरि त्रिभुवनचोक, वीपीचोक हुँदै नेपालगञ्ज उपमहानगरपालिका कार्यालय परिसरमा पुगेर कोण सभामा परिणत भएको थियो । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रमेश केसी, नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा, एमालेका सचिव रत्न खत्रीलगायतले सो अवसरमा शहीदका योगदानको चर्चा गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?