आफ्नो सिफारिस उल्ट्याएपछि कांग्रेस आक्रोशित, अदालत जाने तयारी

आफ्नो सिफारिस उल्ट्याएपछि कांग्रेस आक्रोशित, अदालत जाने तयारी
+
-

काठमाडौं – शेरबहादुर देउवा सरकारले गरेको निर्णय उल्ट्याएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले राष्ट्रियसभा सदस्याका लागि तीनजनाको नाम सिफारिस गरेपछि कांग्रेसले त्यसको विरोध गरेको हो ।

केपी शर्मा ओली सरकारले यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले जाँदाजाँदै गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि नयाँ तीनजनाको नाम सिफारिस गरेको हो ।

मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले राष्ट्रियसभा सदस्याका लागि रामनाथ बिडारी, युवराज खतिवडा र विमला पौडेल राईको नाम सिफारिस गरेको हो । यसअघि देउवा सरकारले चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो ।

ओली सरकारले गरेको निर्णय असंवैधानिक, अराजनीतिक र अनैतिक रहेको नेपाली कांग्रेसका नेता तथा देउवा सरकारमा मन्त्री रहेको मीनबहादुर विश्वकर्माले देश सञ्चारलाई बताएका छन् ।

‘आज बिहान मन्त्री परिषदले गरेको निर्णयले अघिल्लो सरकारलाई मान्यता नदिएको देखियो । त्यसो हो भने आउँदो सरकारले पनि यो सरकारलाई मान्यता नदिन सक्छ । यो राम्रो होइन ।’ उनले भने, ‘संविधान, संसदीय प्रणाली तथा प्रधानमन्त्रीय पद्धतिको खिलाफ गएर यो सरकारले निर्णय गरेको छ ।’

अहिलेको सरकारले आफूलाई सजिलो भएका निर्णय कायम राख्ने र आफ्नो स्वार्थ नमिलेका उल्ट्याउने गरेकोले सरकार जस्तो नभएर खेलाडी जस्तो बनेको नेता विश्वकर्माले आरोप लगाए ।

उनले भने ‘सरकार गठनकै बेला पनि संविधान र संसदीय पद्धतिको ख्याल गरिएन । यो सरकारल अहिले पनि संविधान र संसदीय तथा प्रधानमन्त्री पद्धतीय प्रणालीको विरुद्ध हुने गरी निर्णय गरेको छ ।’

सरकारको निर्णय विरुद्ध आफूहरु अदालत जाने संकेत गर्दै उनले भने, ‘हामी यो निर्णयको विरुद्धमा अदालत जाने तयारीमा छौँ । त्यसका लागि छलफल भइरहेको छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?