राष्ट्रपतिद्वारा सरकारले सिफारिस गरेका तीनजना राष्ट्रियसभा सदस्यमा मनोनित

राष्ट्रपतिद्वारा सरकारले सिफारिस गरेका तीनजना राष्ट्रियसभा सदस्यमा मनोनित
+
-

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा तीनजनालाई मनोनित गरेकी छन् ।

मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले सिफारिस गरेका तीनजनालाई राष्ट्रपति भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् ।

केपी शर्मा ओली सरकारले यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले जाँदाजाँदै गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि नयाँ तीनजनाको नाम सिफारिस गरेको थियो ।

मन्त्री परिषद बैठकले राष्ट्रियसभा सदस्याका लागि रामनाथ बिडारी, युवराज खतिवडा र विमला पौडेल राईको नाम सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले सरकारले सिफारिस गरेका तीनैजनालाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् ।

संविधान अनुसार ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट चुनिएका छन् । तीनजना भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले अनुमोदन गर्ने व्यवस्था रहेको छ ।

राष्ट्रपति भण्डारीले तीनजनालाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।

यसअघि देउवा सरकारले चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो । ओली सरकारले निर्णय उल्ट्याउँदै नयाँ नाम सिफारिस गरेकोमा कांग्रेसले आपत्ति जनाएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष