दुई वर्षभित्र हात्तीपाइले रोगबाट मुक्त!

दुई वर्षभित्र हात्तीपाइले रोगबाट मुक्त!
+
-

काठमाडौंँ- सरकारले आगामी दुई वर्षभित्र हात्तीपाइले रोगबाट मुलुकलाई मुक्त गराउने योजना अघि सारेको छ।

मुलुकको ६१ जिल्लाका नागरिक हात्तीपाइले रोगको जोखिममा परेकाले सन् २०२० सम्ममा उक्त रोगलाई जनस्वास्थ्य समस्याको रुपमा रहन नदिने स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोेजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आर्चायले बताए।

डा.आचार्यका अनुसार नागरिकलाई अंगभंग हुनबाट बचाउन, सक्षमता बढाउन, रोगउपचारको खर्च न्युनिकरण गर्न हात्तीपाइले रोग उन्मुलनको आवश्यकता रहेको छ।

महाशाखाले राजधानीमा मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको सरकारी तथ्यांक अनुसार साढे दुई करोड जनसंख्या हात्तीपाइले रोगको जोखिममा छन् ।

सरकारले रोग उन्मुलनका लागि राष्ट्रिय आम औषधी सेवन कार्यक्रम सन् २००३ देखि सुरु गरेको थियो । हालसम्म १० करोड भन्दा बढीमा मात्रामा औषधी सेवन गराइसकेको महाशाखाको दावी छ ।

के हो हात्तीपाइले रोग ?
हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त बनाउने सरुवा रोग हो । यो रोग हात्तीपाइले संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्दछ ।

शरीरमा यसको संक्रमण भएको केही बर्ष पछि मात्र लक्ष्ण देखिने र निको पार्न नसकिने हुदाँ हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामै निको हुनका औषधि खानु पर्ने हुन्छ ।

दुई बर्ष भन्दा कम उमेरका बालबालिका, गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीले यो औषधी सोवन गर्न नहुने चिकित्सकको सल्लाह छ ।

शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरुमा औषधी सेवन गरीसकेपछि सामान्य टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने समस्या आउने भएमा औषधिले प्रभावकारी काम गरेको बुभ्नु पर्छ ।

सरकारले आउँदो फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगको औषधी देशैभरी खुवाउँदै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?