अन्तरिक्षमा पनि ‘बरमूडा ट्रायंगल’!

+
-

काठमाडौँ- तपाईले बरमूडा ट्रायंगलको नाम त सुन्‍नु भएकै होला। एटलान्टिक महासागरमा यो क्षेत्र जहाँ धेरै विमान तथा पानी जहाज रहस्यमयी तरिकाबाट गायब हुन्छ। धेरै वर्षदेखि यस्तो रहस्‍य सुल्झाउने कोशिस गरिए पनि कुनै पनि उपाय काम नलागेको बीबीसीले उल्‍लेख गरेको छ।

ठीक यस्तै बरमूडा ट्रायंगल अन्तरिक्षमा पनि रहेको नासाका वैज्ञानिकहरुले दाबी गरेका छन्। उनीहरुका अनुसार अन्तरिक्षको यो क्षेत्रबाट जाने अन्तरिक्ष यानहरु र यसका सिस्टम तथा कम्‍प्युटरहरु सबैमा खराबी आउने गर्दछन्।

नासाका अन्तरिक्ष विज्ञ टेरी वटर्स भन्छन्, ‘ मलाई पहिले पनि यात्रामा यस्तो अनुभव भएको छ। जब म सुत्‍न लागेको थिएँ। मेरो आँखामा भयंकर सेतो किरणले झट्का हान्‍यो र मेरो निन्द्रा भङ्ग गरिदियो।’

उनी थप्छन्, ‘ म अन्तरिक्ष यात्री बन्‍नु पूर्व नै यसको बारेमा अध्‍ययन गरेको थिएँ। मलाई थाहा थियो अन्तरिक्षमा यस्तो क्षेत्र पनि छ। अन्तिममा यही साबित भयो।’

यो क्षेत्र एटलान्टिक महासागर तथा ब्राजिलको ठीकमाथि आकाशमा रहेको नासाका अन्तरिक्षविद्‌हरुले बताएका छन्। यो क्षेत्र भएर जब कुनै अन्तरिक्ष यान वा स्पेस हिड्छ, तब कम्‍प्युटर रेडिएशनको सिकार बनेकै हुन्छ। अन्तरिक्ष यात्रीको आँखामा सेतो किरणको झट्काले तरङ्‌गित गरेकै हुन्छ।

यसको वैज्ञानिक कारण पनि छ। प्रकाशबाट सधै भयंकर र जलाउने खालको किरण नै निस्किन्छ। यसमा इलेक्ट्रोन रहेको हुन्छ जसले विकीरण अर्थात रेडिएशन समाहित हुन्छ। जब यो विकीरण सूर्यको प्रकाशसँगै हाम्रो धर्तीमा आइपुग्छ, तब धरतीमाथि रहेको ओजोन तहले उक्त विकीरणलाई आउनबाट रोक्छ। ओजोन तहमा ठक्कर खाएको त्‍यही विकीरण अन्तरिक्षमा फैलिएर जान्छ। यसले बरमूडा ट्रायंगलको विकास गर्न मद्दत गर्दछ।

अन्तरिक्ष विद्‌का अनुसार पृथ्वीमाथि रहेको ओजोन तह अब निक्‍कै पातलो हुँदै गएको छ। यसले गर्दा सूर्यबाट आएको विकिरणलाई सामना गर्ने सामर्थ्‍य घट्‍दै गएको देखिन्छ। खासमा पृथ्वी गोलो नभएको तर ओजोन मोटो भएकाले यसलाई अन्तरिक्षबाट हेर्दा गोलो देखिएको नासाका अन्तरिक्ष विदहरुले बताएका छन्।

यही कारण दक्षिणी ध्रुवनजिकको क्षेत्रमा यो एलेन बेल्ट धर्तीभन्दा धेरै नजिक आउने गर्दछ। यसले अन्तरिक्षमा त्‍यही हिस्सामा सूर्यबाट आउने विकिरणको धेरै असर देखा पर्ने हुनाले बरमूडा ट्रायंगलको स्रिजना हुन पुग्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?