
एजेन्सी-एडिनवर्ग यूनिभर्सिटीका वैज्ञानिकले ल्याबरोटरीमा मानिसको कृत्रिम अण्डा विकास गरेको दाबी गरेका छन्
सामान्य शरीरको साथ जन्म लिने प्रत्येक स्त्री १० देखि २० लाख अविकसित अण्डाणु लिएर जन्मिन्छन्। उनीहरु किशोर जीवनमा जब प्रवेश गर्छन् हरेक महिना एउटा एउटा गरेर अण्डा विकसित गर्छन् जसलाई मासिक चक्र भनिन्छ।
एडिनबर्गमा मिलेको यो सफलताले अब अविकसित अण्डालाई मानिसको शरीर बाहिर ल्यामा परीक्षण गरिने बीबीसीले उल्लेख गरेको छ।
वैज्ञानिककका अनुसार यो तरिका त्यो किशोरीको अण्डा बचाउन प्रयोग हुनेछ जसको क्यान्सरको उपचार चलिरहेको छ।
तर यो तरिकाको विशेष रुपमा प्रयोग गर्नुपूर्व यसबारेमा धेरै काम गर्न बाँकी रहेको वैज्ञानिकहरुले बताएका छन्। यो अण्डालाई ल्याबमा विकसित गर्नको लागि अक्सिजन र हर्मोनको साथसाथै प्रोटीनको समेत खाँचो पर्ने बताइएको छ।
वैज्ञानिकहरुले यो तरिका बडो झन्झटिलो भएकाले अहिलेसम्म करिब १० प्रतिशत मात्रै अण्डा विकास गर्न सकिने बताएका छन्। तर वैज्ञानिकहरुले विकसित गरेको यो अण्डालाई प्रजनन् प्रक्रियामा अहिलेसम्म सामेल भने गराइएको छैन।
अनुसन्धानकर्तामध्ये एक प्राध्यापक इवलिन टेल्फर भन्छन्, ‘विज्ञानको माध्यमबाट हामी यहाँसम्म पुग्न सक्छौ भन्ने कुरा नै हाम्रो लागि हौसला र प्रेरणा हो। तर हामीले गर्नु पर्ने धेरै बाँकी नै छ। मानिसको शरीमा अण्डा कसरी बन्छ र बढ्छ भन्ने बुझ्नको लागि यो ठूलो सफलताको सूत्रधार हुनेछ। ‘
क्यान्सरको उपचारको क्रममा दिने किमो थेरापी तथा रेडियोलोजीबाट हुने बाझोपनको समस्याबाट यसले मुक्त गराउनेछ। किनकी यसले महिलामाथि सुरु गरिने उपचार पहिले नै उसको शरीरमा रहेको अण्डालाई फ्रिज गराउन सकिनेछ। यहासम्म की प्रजननको लागि विकसित गरिएको भ्रूणलाई समेत ल्याबमा सुरक्षित राख्न सकिनेछ।
तर क्यान्सरबाट पीडित बालिका जसको उमेर किशोरको अवस्था पुगेकै हुँदैन उसको लागि भने सोचनीय विषय बनेको छ वैज्ञानिकहरुका लागि। यता, वैज्ञानिकहरुले यसका लागि भने बालिकाको उपचार गराउनुपूर्व उसको पहिलो अण्डाशयको तन्तुलाई फ्रिज गराउन सकिने र पछि बालिका कीशोरी अवस्थामा पुगेपछि फर्काउन सकिने बताएका छन्।