गुण्डा नाइके मनोज पुनसहित सोम आले प्रहरी इन्काउन्टरमा मारिए

गुण्डा नाइके मनोज पुनसहित सोम आले प्रहरी इन्काउन्टरमा मारिए
+
-

काठमाडौं- प्रहरी इन्काउन्टरमा मोष्ट वान्टेड गुण्डा नाइके मनोज पुन मारिएका छन्। पुनबुधबार बिहान ३ बजे भएको इन्काउन्टरमा रुपन्देहीमा मारिएका हुन्।

रुपन्देही प्रहरीका एसपी श्याम ज्ञावलीभने, ‘पुनलाई पक्राउ गर्न खोज्ने क्रममा उनले प्रहरीलाई नै आक्रमण गरी भाग्न खोजेपछि प्रहरीको जवाफी फायरमा पुन घाइते भएका थिए ।’

यस्तै प्रहरीसँगको झडपमा पुन समूहका सोमबहादुर आले पनि घाइते भएको उनले जानकारी दिए।

देबदह नगरपालिका वार्ड नम्बर ४ भवानीपुरमा बुधबार बिहान करिब साढे ३ बजे प्रहरी सँग भएको झडपमा घाइते पुन र आलेलाई लुम्बिनी अन्चल अस्पतालमा पुर्याइएको र उनीहरुको अस्पतालमै मृत्यु भएको ज्ञावालीले जानकारी दिए।

पुन विगत ३ वर्षदेखि प्रहरीको मोष्ट वान्टेड सूचि रहेका थिए।

देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेपछि चर्चामा आएका पुनको गएको असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा पनि संलग्नता रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार 

गुण्डा नाइके मनोज पुनको अपराध : एकवर्षमा तीनजनाको हत्या

मनोज स‌ंगठित हत्याका नाइके मात्र थिएनन्, नेपालकाे आन्तरिक सुरक्षाकै सबैभन्दा ठूला थ्रेट थिए

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?