छापामारदेखि मन्त्रीसम्म…

छापामारदेखि मन्त्रीसम्म…
+
-

सुर्खेत – विसं २०४६ मा तत्कालीन मसालको विद्यार्थी संगठनको सदस्यता लिँदा उनी राप्ती ज्ञानोदय मावि रुकुममा कक्षा ६ मा अध्ययनरत थिए ।

विद्यार्थी संगठनको सदस्य हुँदा राजनीतिबारे खासै थाहा थिएन, उनलाई । पछि संगठनका अग्रजले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको यथार्थता प्रष्ट्याउँदै जाँदा त्यसप्रति चासो बढ्यो । यद्यपि त्यतिबेला भने नेपालमा सशस्त्र युद्धको थालनी भइसकेको थिएन ।

किशोर अवस्थादेखि राजनीतिक यात्रा सुरु गरेकी बिमला केसी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ सिम्ली निवासी हुन् । सानै उमेरमा बुबाको मृत्यु भएकाले केसीलाई विद्यालय शिक्षा हाँसिल गर्न निकै समस्या भयो । बुबाको मृत्युपछि आमाले भोगेको पीडा, व्याप्त गरिबी र महिला हिंसाले उहाँलाई संघर्षमा उत्रन उत्प्रेरित गरायो ।

विद्यार्थी राजनीतिबाट अघि बढेकी केसीपछि २०५२ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सरिक भइन् । पूर्णकालीन सदस्य बनेर माओवादी राजनीतिको यात्राका दौडानमा उहाँ रुकुम जिल्लाको पहिलो महिला, विद्यार्थी तथा कलाकार संगठनको एकै पटक प्रमुख बनिन् ।

त्यसपछि माओवादी सुरक्षा दलको सदस्य हुँदै २०५६ सालमा उनले रुकुमको छिवाङ गाउँ जनसरकार प्रमुखको भूमिका निर्वाह गरेकी थिइन् । सुरक्षा दलको सदस्य हुँदाका बखत महिला छापामार भएर कैयन युद्ध मोर्चामा लड्दा भोग्नु परेका सास्तीको केसी अहिले पनि तीतो स्मरण गर्छिन् ।

विसं २०५८ सालमा पार्टीको क्षेत्रीय ब्यूरो तथा महिला संगठनको केन्द्रीय सदस्य बनेकी केसी २०५९ सालमा भूमिगत अवस्थामै तत्कालीन मगरात स्वायत्त प्रदेशको समाज कल्याण मन्त्री पनि बनेकी थिइन् । त्यसैगरी, २०६४ सालमा रुकुमबाट उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् ।

समानुपातिकबाट प्रदेशसभामा निर्वाचित केसी प्रदेश नं ६ को पहिलो भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्नु बनेकी छन् । महिलाहरुले संघर्ष गर्न सक्दैनन् भन्ने भनाइलाई गलत सावित गर्दै अहिले यो हैसियतमा पुग्दा निकै गर्व लागेको मन्त्री केसी बताउँछिन् । “यो देशको महिलासहित उत्पीडित वर्गको जननी सशस्त्र युद्ध नै हो, जहाँ थुप्रैपटक हामीले छापामार युद्ध लडेका थियौँ” उनले भनिन् ।

त्यही छापामार युद्धले आफूलाई यस ठाउँमा पु¥याएको उनको भनाई छ । प्रदेश सरकारको प्रवक्तासमेत रहनु भएकी सहकारी मन्त्री केसी अहिले नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छिन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?