सिरिया युद्ध : पूर्वी गुटाको अवस्था नाजुक, सुरक्षाकर्मीको आक्रमणमा २५० जनाको मृत्यु

सिरिया युद्ध : पूर्वी गुटाको अवस्था नाजुक, सुरक्षाकर्मीको आक्रमणमा २५० जनाको मृत्यु
+
-

युद्धग्रस्त सिरियाको पूर्वी गुटाको अवस्था थप नाजुक बन्दै गएको छ । बिद्रोहीको कब्जामा रहेको राजधानी दमासकसको बाहिरी क्षेत्रमा रहेको पूर्वी गुटामा सरकारी सुरक्षाकर्मीको आक्रमणमा २५० जना भन्दा बढी सर्वसाधारणको ज्यान गएको छ ।

पूर्वी गुटा बिद्रोहीको कब्जामा रहेको क्षेत्र हो, यहाँबाट बिद्रोहीलाई लखेट्न भन्दै सरकारी सुरक्षाकर्मीले गरिरहेको कारवाही अभियानको चपेटामा सर्वसाधारण नागरिक परेका छन् ।

सरकारी सुरक्षाकर्मीले सोमबार र मंगलबार गरेको हवाई आक्रमण तथा रकेट प्रहारका कारण ज्यान गुमाउनेमा ५० जना भन्दा बढी बालबालिका पनि रहेको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएको बिबिसीले उल्लेख गरेको छ ।

हवाई आक्रमण तथा रकेट प्रहारका कारण त्यस क्षेत्रको अवस्था नियन्त्रण बाहिर पुगेको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् । राष्ट्रसंघले अवस्था तत्काल नियन्त्रणमा ल्याउन माग गरेको छ ।

पूर्वी गुटामा चार लाख भन्दा बढी नागरिकको बसोबास रहेको क्षेत्र हो । यो क्षेत्र सन् २०१३ देखि बिद्रोहीको कब्जामा छ ।

सम्बन्धित समाचार 

सिरिया संघर्ष : गुफामा बनाइएको अस्पतालमा पनि आक्रमण

सिरियामा इजरायलको ३५ वर्ष यताकै ठूलो आक्रमण

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?