यात्रुको पादले जहाज नै आकस्मिक ल्‍यान्डिङ!

यात्रुको पादले जहाज नै आकस्मिक ल्‍यान्डिङ!
+
-

दुबई- दुबईदेखि नेदरल्‍याण्ड जाँदै गरेको एउटा फ्लाइट अस्ट्रियाको भिएना शहरमा आपत्तकालीन रुपमा रोकिनु पर्‍यो। त्‍यो पनि एक यात्रुले लगातार विमानभित्र ग्‍यास (पाद) छोडेकाले।

न्‍युयोर्कपोस्टले यसलाई ‘फार्ट अट्‍याक’को नाम दिएको छ। विमानका चार यात्रुले भनेअनुसार ग्‍यासले एक छत्र राज गरेपछि विमान चालकले बाध्‍य भएर ल्‍याण्डिङ गर्नु परेको हो। किनकि जहाजमा दुई महिला र दुई पुरुष यही विषयमा एकआपसमा बाझिरहेका थिए।

यस्तै युके एक्सप्रेसले भनेको छ, ‘दुई महिलालाई अन्‍य सदस्‍यको झगडापछि विमानबाट बाहिर उतारिएको थियो। अस्ट्रियन पुलिसले उनीहरुलाई पक्राउ गर्‍यो। तर कुनै पनि कानुनी कारबाही गर्न नमिल्‍ने भएपछि उनीहरुलाई रिहा गरियो।’

दुई मध्‍ये एक युवती २५ वर्षकी नोरा लाचेव नेदरल्‍याण्डमा कानुनकी विद्यार्थी हुन। उनले भनेकी छिन्, ‘विमान कम्पनीको यस्तो व्‍यवहारविरुद्ध अदालतमा उजुरी गर्छु। किनकी मैले कुनै पनि नियम तोडेको छैन र विमान सञ्‍चालनमा कुनै बाधा उत्पन्‍न गरेको छैन।’

यस्तै जेएनयूकी अनुसन्धानकर्ता अनीमा सोनकरले यो खबरलाई लिएर ट्वीटमा लेख्दै भनेकी छिन्, ‘यो त निक्‍कै अविश्‍वासिलो कुरा हो। हाामीले पनि भारतमा यस्तो समाचार पढ्थ्यौँ। तर यहाँ त …’

त्यस्तै बेलायतमा बस्दै आएकी गेसटन कूपनले ट्वीटमा भनेका छन्, ‘यो घटना कुनै पहिलो होइन। एउटा अमेरिकन एयरलाइन्समा पनि भइसकेको छ। तर उसले यति कडा ग्‍यास(पाद) छोडिरहेकी थिइन् कि विमानभित्रका यात्रुहरुको टाउको दुखिरहेको थियो भने धेरै जलन भएको महसुस गरिरहेका थिए।’

न्‍यूयोर्कमा बस्दै आएकी पत्रकार ग्‍याब्रिएला पेयलाले पनि ट्विटमा भनेकी छिन् ‘ यस्तो विषयमा सबै यात्रुप्रति मेरो सहानुभूति छ।’ त्‍यसैगरी न्‍यूजिल्‍याण्डका जेसिक विलियम्सले फेसबुकमा लेखेका छन्, ‘मेरो एउटा प्रश्‍न छ। एयरलाइन्सले सबै यात्रीलाई तकिया दिन्छन्, उनी सबै हट सीटमा बस्छन्। तर आवाज कसरी सुने भन्‍ने कुरा जान्‍ने इच्छा लाग्यो।’

तर केही मानिसले फेसबुकमा र ट्विटरमा लेखेका छन्, ‘यो ग्‍यास(पाद) छोड्‍नु प्राकृतिक प्रक्रिया हो। यसलाई मजाक बनाउनु उचित होइन। तर मानिसहरु किन गुनासो गर्छन्। यसको समाधान गर्नु नै बेस हुन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?