थारु संग्रहालयमा एक सय वर्ष पुराना तस्वीर

थारु संग्रहालयमा एक सय वर्ष पुराना तस्वीर
+
-

रत्ननगर-चितवनको सौराहामा रहेको थारु सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्रमा एक सय वर्ष पुराना फोटो संग्रह गरिएको छ ।

संग्रहायलका संरक्षण वासुदेव चौधरीका अनुसार औलो रोग उन्मूलन अघिका तस्वीर संग्रह गरिएका छन् । सो समयमा चितवन झरेका समुदायका तस्वीरसमेत यहाँ रहेका छन्

थारुका रहनसहन र हस्तकलाका तस्वीर पनि ल्याइएको छ ।

दीर्घमान फाउण्डेसनका किरण चित्रकार र अष्ट्रेलियन विश्वविद्यालय, अमेरिकाको विश्वविद्यालय र युएसएडमार्फत तस्वीर उपलव्ध भएका हुन् ।

फोटो ल्याउनका लागि नेपाल पर्यटन बोर्डले सहयोग गरेको संग्रहालयका अध्यक्ष वीरेन्द्र चौधरीले जानकारी दिनुभयो । केही किनेर र केही निःशुल्कमा तस्वीर ल्याइएको हो ।

अन्य तस्वीर निःशुल्क रुपमा फोटो खिच्न नपाउने गरी प्रदर्शनका लागि मात्रै दिइएको चौधरीले जानकारी दिए। यहाँ करिब १०६ वर्ष अघिसम्मका तस्वीर रहेका छन् । उहाँका अनुसार यहाँ अहिले ४८ वटा तस्वीर ल्याएर राखिएको छ । अझै यस्ता ऐतिहासिक चिज संग्रहालयमा ल्याइने उनले बताए।

एक सयवर्षअघि थारु समुदायले जंगलबाट नियन्त्रणमा लिएर हात्ती पाल्थे । त्यही हात्तीमा चढेर राणा तथा राजाहरुले शिकार गर्थे ।

चितवनको रत्ननगरस्थित सौराहामा रहेको उक्त संग्रहालयमा थारु जातीको रहनसहन, वेषभूषा, मौलिक क्रियाकलाप, औजार प्रतिमा र तस्वीर बनाएर राखिएको छ।

यहाँ पर्यटक शुल्क तिरेर अवलोकन गर्न आउछन् । यहाँको आदिवासी समुदाय थारुको पहिचान नहराओस् भनेर २०६२ सालमा संग्रहालय खोलिएको हो । यहाँ वार्षिक १२ देखि १५ हजारसम्म पर्यटक आउने गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?