
काठमाडौँ- नेपालमा अबैधरुपमा काम गरिरहेका विदेशी डाक्टर प्रकरणमा थुनछेक बहस जारी छ। तीनवटा क्लिनिक तथा हस्पिटलबाट समातिएका अवैध विदेशी चिकित्सक र सञ्चालकको थुनछेक बहस सकिएको छ।
चाइना डेन्टलबाट समातिएका एक जना चिनियाँ डाक्टरलाई पाँच लाख रुपैयाँ धरौटी मागिएको छ। चाइना पिपल्स हस्पिटलबाट समातिएका दुई जना चिनियाँ डाक्टरमध्ये एक जनालाई डेढ लाख र अर्काेलाई २ लाख रुपैयाँ धरौटी मागिएको छ।
चाइना ग्रेटवाल हेल्थ सेन्टरबाट समातिएका दुई चिनियाँ डाक्टरमध्ये एक जनालाई पाँच लाख धरौटी मागिएको छ भने अर्का डाक्टरलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
उक्त सेन्टरका सञ्चालक भने साधारण तारेखमा छुटेका छन्। सिवेस (हस्पिटल) बाट पक्राउ परेका एक अस्ट्रेलियाली डाक्टर र सञ्चालक भने साधरण तारेखमा छुटेका छन्।
एपोलो इन्टरनेसनल पोलिक्लिनिकबाट समातिएका अाठ चिनियाँ डाक्टर र एक सञ्चालकबारे थुनछेक बहस भइरहेको जनाइएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे- सीअाईबी नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मन्चले संयुक्तरुपमा विभिन्न अस्पताल तथा क्लिनिकमा छापा मारी नेपालमा अनुमति बेगर काम गरिरहेका विदेशी डाक्टर र सञ्चालक नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेमा १३ चिनियाँ र एक अस्ट्रेलियाली डाक्टर तथा तीन सन्चालक थिए।