धनगढीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट सुरु, सुदूरपश्चिम र एपीएफ बिजयी

धनगढीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट सुरु, सुदूरपश्चिम र एपीएफ बिजयी
+
-

कैलाली- धनगढीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरलु टोली सुदुरपश्चिम र विभागीय टोली एपीएफले विजयी सुरुवात गथरेका छन्। बुधवार भएको उद्धघाटन खेलमा सुदुरपश्चिमले पश्चिमाञ्चल विकास क्षेत्रलाई ५ विकेटले हरायो।

दोस्रो खेलमा बिभागिय टोली एपीएफले मध्यपश्चिमलाई १० विकेटले पराजीत गर्‍यो। धनगढीको फाप्ला त्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको पश्चिमाञ्चलले २० ओभर खेल्दै ९ विकेटको क्षतीमा ७३ रन बनायो। पश्चिमाञ्चलका लागी बर्षा रानाले १४ र सरस्वती पुनले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन्। पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा सुदुरपश्चिमकी लक्ष्मी साउदले ३ र कविता जोशीले २ विकेट लिईन्।

७४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको सुदुरपश्चिमले १७ दशमलव १ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य भेटायो। सुदुरपश्चिमका लागी विमला भट्टले १८ र कप्तान मञ्जु वोगटीले १२ रन बनाइन् । पश्चिमाञ्चलकी सरस्वती पुनले ३ विकेट लिईन्। खेलको वेष्टर्न एकेडेमी वुमेन अफ द म्याच सुदुरपश्चिमकी लक्ष्मी साउद भईन्।

आजै भएको दोश्रो खेलमा टस जितेर व्याटीङ गरेको मध्यपश्चिमले १८ दशमलव ४ ओरभा सबै विकेट गुमाउदै ३६ रन मात्रै बनाउन सक्यो। मध्यपश्चिमले १० रन अतिरिक्त पाएको थियो। मध्यपश्चिमका लागी गिता गोसाईले १५ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

मध्यपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफकी रितु कनौजीयाले ४ विकेट लिईन। ३७ रनको झिनो लक्ष्य सहित मैदान उत्रिएको एपीएफले ४ दशमलव ५ ओभरमा विना विकेटको क्षती लक्ष्य भेटायो। एपीएफकी ओपनर ज्योती पाण्डेयले १७ र सिता राना मगरले १२ रनको योगदान दिईन् । खेलमा वेष्टर्न कलेज म्यान अफ द म्याच एपीएफकी रितु कनौजीया भईन।

यसअघि प्रतियोगीताको राष्ट्रीय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्धघाटन गर्दै फाप्ला क्रिकेट मैदानमा प्याराफीट निर्माणका लागी बजेट विनीयोजन गर्ने बताएका थिए। कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिहले धनगढीलाई क्रिकेटको मात्रै होईन खेलकुदकै शहर बनाउनका लागी पहल भईरहेको बताए।

प्रतियोगिता अन्तगर्त बिहिवार मध्यामञ्चल र पश्चिमाञ्चल तथा दोश्रो खेल एपीएफ र पुर्वाञ्चल विच हुने प्रतियोगीताका संयोजक बाबुराजा श्रेष्ठले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?