शिक्षकलाई बन्दुक दिने ट्रम्पको प्रस्ताव

शिक्षकलाई बन्दुक दिने ट्रम्पको प्रस्ताव
+
-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्यालय क्षेत्रलाई बन्दुक निशेधित वा बन्दुक मुक्त क्षेत्र बनाउन नहुने र शिक्षकलाई बन्दुक दिने बताएका छन् ।

विद्यालयमा हुने गरेका गोलीकाण्ड सम्बन्धी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको कार्यक्रममा राष्ट्रपति ट्रम्पले गोलीकाण्ड र त्यसबाट हुने हताहती रोक्नका लागि विद्यालय र त्यसआसपासको क्षेत्रलाई बन्दुक मुक्त क्षेत्र बनाउन नहुने बताएका हुन् ।

उनले शिक्षकहरुलाई बन्दुक दिनु पर्ने कुराको समर्थन गरेका छन् । बन्दुकसहितका शिक्षकले विद्यालयमा हुने आक्रमण तत्काल रोक्न सक्ने ट्रम्पको भनाई छ ।

फ्लोरिडाको स्कुलमा अन्धाधुन्ध गोली प्रहार, १७ जनाको मृत्यु

गएको हप्ता फ्लोरिडाको एक विद्यालयमा भएको अन्धाधुन्ध गोलीकाण्डमा १७ जनाको ज्यान गएको थियो । त्यो घटनाका पीडित तथा बाँच्न सफलहरुले राष्ट्रपति ट्रम्पलाई आउँदा दिनमा यस्तो घटना हुँदैन भन्ने सुनिश्चित गर्न आग्रह गर्न आयोजित कार्यक्रममा ट्रम्पले शिक्षकलाई बन्दुक दिने सुझाव दिएका हुन् ।

सत्तामा रहेको रिपब्लिकन पार्टीले बन्दुक किन्ने व्यक्तिको पृष्ठभूमिका बारेमा राम्रोसँग जाँच हुनु पर्ने कुराको समर्थन गरेको छ ।

यस्तै फ्लोरिडामा गोलीकाण्डका पीडित तथा स्थानीय बासिन्दाले त्यहाँका जनप्रतिनिधिलाई बन्दुक नियन्त्रण सम्बन्धी व्यवस्था लागु गर्नका लागि दबाब दिइरहेका बेला ट्रम्पले शिक्षकलाई बन्दुक दिने तथा विद्यालय र त्यस वरपरको क्षेत्रलाई बन्दुक मुक्त क्षेत्र बनाउन नहुने बताएका हुन् ।

अहिले विद्यालय तथा त्यस वरपरको क्षेत्र बन्दुक मुक्त बनाउनु पर्ने व्यवस्था छ ।

ट्रम्पले बन्दुक किन्ने व्यक्तिका बारेमा जाँच गर्ने तथा मानसिक स्वास्थ्यमा जोड दिने फ्लोरिडाको मेजररी स्टोनम्यान डगल विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकसँग बताएका छन् । अब पहिले जस्तो नहुने उनको दाबी छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?