
धनगढी- कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगीतामा सेमीफाईनलमा पुग्ने तिन वटा टिमको टुङगो लागेको छ। घरेलु टोली सुदुरपश्चिम सहित मध्यमाञ्चल र विभागीय टोली एपीएफ सेमीफाईनलमा पुगेका हुन्।
आज भएका खेलमा मध्यमाञ्चल र एपीएफले जित हात पार्दै सेमीफाईनलको यात्रा तय गरेका हुन भने लगातार दुई खेलमा पराजीत हुँदै पश्चिामञ्चल प्रतियोगीताबाट बाहिरिएको छ।
विहीवारको पहिलो खेलमा समुह ए मा रहेको मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले पराजित गर्दै अन्तीम चार सम्मको यात्रा तय गरेको हो। टह हारेर व्याटीङको निम्तो पाएको मध्यमाञ्चलले २० ओरभमा ४ विकेटको क्षतीमा १ सय १३ रन बनायो।
मध्यमाञ्चलका लागी सिता श्रेष्ठले ४५ बलमा ४९ रन बनाईन । यस्तै कञ्चन श्रेष्ठले २४ र रोशनी बोहराले १० रनको योदान दिईन् । २० रनमै २ विकेट गुमाएर धरमराएको मध्यमाञ्चलको पारीलाई कञ्चनर र सिताको ८२ रनको साझेदारीले सम्हालेको थियो । बलीङमा पश्चिमाञ्चलकी कप्तान बर्षा रानााले १ विकेट लिईन्।
१ सय १४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको पश्चिमाञ्चलले २० ओरभरमा ७ विकेट गुमाउदै ६९ रन मात्रै बनाउन सक्यो । पश्चिमाञ्चलका लागी नितु भण्डारीले १० र बर्षा रानाले ८ रन मात्रै बनाउन सके।
पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा अश्वीनी कर्माचार्य र आरती विराडीले समान २÷२ विकेट लिईने भने २ जना रन आउट भएका थिए । खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सिता श्रेष्ठ भईन्।
पश्चिमाञ्चलले लगातार दोश्रो हार व्यहोरेपछि प्रतियोगीताबाट बाहीरीएको छ भने सोही समुहमा रहेको घरेलु टोली सुदुरपश्चिम लिगको एक खेल बाँकी रहँदै उद्धघाटन खेलमा पाएको जिले सेमीफाईनलमा पुगेको छ।