प्रदेश प्रमुख तुम्बाहाङद्धारा अन्तिम आयामको विमोचन

प्रदेश प्रमुख तुम्बाहाङद्धारा अन्तिम आयामको विमोचन
+
-

मोरङ-साहित्यिक क्षमता वृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्नसक्ने प्रदेश नम्बर एकका प्रमुख गोविन्द तुम्बाहाङले बताएका छन्।

अस्थायी राजधानी विराटनगरस्थित प्रदेशप्रमुख निवासमा बिहीबार आयोजित अन्तिम आयाम कथासंग्रहको विमोचनका क्रममा प्रमुख तुम्बाहाङले संघीयतालाई सफल र सम्बृद्ध बनाउनका लागि सहित्यिक क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।

सो क्रममा उनले साहित्यिक सृष्ठा अन्य कलाकार भन्दापनि श्रेष्ठ हुने उल्लेख गरे। प्रदेशप्रमुख तुम्बाहाङले भने, साहित्यको क्षेत्रको विकास र यसलाई अझ प्रगाढ बनाउनका लागि प्रदेश नम्बर अग्रपंक्तिमा रहेको छ।

कथाकार सरण राईद्वारा लिखित अन्तिम आयाममा विभिन्न विधाका १७ वटा कथा संग्रह गरिएको छ। साढे चार दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय राईका यसअघि विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित भइसकेका छन्।

डा. गोपाल भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. टंक न्यौपाने, रमेश शुभेच्छुक र भोलानाथ पोखरेलले समीक्षा गरेका थिए । कथामा वृद्धवृद्धाका समस्या र संरक्षण अभावलाई सशक्त रुपमा उठान् गरिएको उनीहरूले बताए।

कार्यक्रममा साहित्यकार कुन्ता शर्मा, कविराज न्यौपाने, गोकुल अधिकारी, अग्रज पत्रकार शिवबहादुर कार्कीलगायतले राईको कथासंग्रहले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। कार्यक्रम लिटेरेटी एसोसिएसन धरानको आयोजनामा भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?