मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

+
-

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

परिसरले विभिन्न मिति र समयमा स्कुटर तथा मोटरसाइकल चोरी गरी नम्बरप्लेट एवं स्वरुप परिवर्तन गरेर बेचबिखन गर्ने काभ्रे घर भई गोकर्णेश्वर बस्ने सुरेश तामाङ, सिन्धुपाल्चोकका उर्गेन लामा, प्रशान्त राई, छिरिङ तेञ्जिङ शेर्पा र सुशील मगरलाई उपत्यकाको विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेकासँग चोरीका बा ९० प ५२४६, बा८८प ३३९३, बा ९० प ९१९० र बा ७० प ८१३५ नंको मोटरसाइकल तथा स्कुटर प्रहरीले बरामद गरेको छ ।

उनीहरूले चाबहिलको मित्रपार्कमा रहेको सेन्ड एस इन्टरप्राइजेजमा लगेर मोटरसाइकलको नम्बर परिवर्तन गरी बिक्री वितरण गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौंबाट मुलुकी ऐन चोरी महलअन्तर्गत म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?