नेपालगञ्जमा खेतमा दिसा गर्ने ११ समातिए

नेपालगञ्जमा खेतमा दिसा गर्ने ११ समातिए
+
-

नेपालगञ्ज– पक्की घर। घरमा मोटरसाइकल। अनि बोक्छन्, दश हजारको मोबाइल। त्यही व्यक्तिको घरमा शौचालय भने छैन। खेतमा शौच गर्छन्।

नेपालगञ्ज–१३, उदयपुरमा शुक्रबार बिहान खुल्ला दिसा गर्नेलाई कारबाही अभियान चलाउदा पक्राउ परेका व्यक्तिहरु यस्ता हैसियतका थिए। बहाल र रिटायर्ड सरकारी कर्मचारी, समाजका अगुवा नै खेतमा दिसा गर्दा प्रहरी फन्दामा परेका हुन्।

नेपालगञ्ज उपमहानगरपालिकाले खुल्ला दिसामुक्त अभियान चलाइरहँदा जनचेतनासँगै कारबाही प्रक्रियाहरु अघि बढाएको छ। शुक्रबार बिहान हुनेखाने तर खेतमा दिसा गर्नेविरुद्ध अप्रेसन गरिएको थियो। वडाध्यक्ष वीरेन्द्र शाह, नेपालगञ्ज उपमहानगरपालिका खुल्ला दिसामुक्त अभियानका फोकलपर्सन ओबीराज आचार्य, वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक राजन गौतमको टोलीले बिहानै अप्रेसन चलाउदा उदयपुरका हुनेखाने ११ जना खेतमा दिसा गर्दा पक्राउ परेका हुन्।

पक्राउ परेकालाई वडा प्रहरी कार्यालय, नेपालगञ्जमा राखिएको छ। पक्राउ परेकामध्ये दुई जनाको घरमा शौचालय रहेको भेटियो। तर, उनीहरु शौचालय बनाएर पनि खेतमा दिसा गर्न निस्केका थिए। बानी नपरेकाले शौचालयमा दिसा गर्दा गन्हाउने उनीहरुको भनाइ छ।

‘हुनेखाने छन्, तीन हजारको शौचालय बनाउन चाहँदैनन्,’ नेपालगञ्ज उपमहानगरपालिकका कार्यकारी अधिकृत हरि प्याकुरेलले भने, ‘शौचालयको महत्व बुझाएर उनीहरुलाई छाड्छौं।’ प्रहरी निरीक्षक गौतमले तीन दिनभित्र शौचालय बनाउने लिखित प्रतिबद्धता गरेर छोड्ने बताए।

नेपालगञ्ज उमपहानगरपालिकामा २३ वटा वडा रहेका छन्। तीमध्ये १६ वटा खुल्ला दिसामुक्त भइसकेका छन्। नगरपालिकाले शौचालय बनाउन दुई वर्षदेखि सचेतना, अनुगमन गरेपनि प्रभावकारी भइरहेको छैन।

स्थानीयले चासो नदेखाएकाले पछिल्लो दिनमा कारबाही अभियान नै चलाइएको छ। उपमहानगरपालिकाले फाल्गुन १५ गतेभित्र नेपालगञ्जलाई खुल्ला दिसामुक्त घोषणा गर्ने बताएको छ। जिल्लामा जानकीको इन्द्रपुरबाहेक सबै खुल्ला दिसामुक्त घोषणा भइसकेका छन्।

विगतमा गाविसबाट हुने कामकारबाही रोक्का गरेर स्थानीयलाई शौचालय बनाउन दबाब दिइएको थियो । उपमहानगरपालिकाले ढिला गर्दा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने मिति लम्बिदै गएको छ । केही दिन यता नगरपालिका कडा रुपमा प्रस्तुत भएको छ । शुक्रबार भने हुनेखानेविरुद्ध तार्गेट गरिएको थियो । ‘फलाना धनी छ त उसले शौचालय बनाएको छैन, हामीले कहाँबाट गराउने ?’ भन्नेहरु धेरै देखिएपछि पहिला शौचालय नहुने हुनेखानेविरुद्ध अभियान चलाइएको नगरपालिकाका फोकलपर्सन आचार्यले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?