प्रदेश १ मुख्यमन्त्रीसँग भेटिन स्वीस राजदूतले

प्रदेश १ मुख्यमन्त्रीसँग भेटिन स्वीस राजदूतले
+
-

प्रदेश नम्बर एकको विकास निर्माणका लागि स्वीस सरकार तयार रहेको नेपालका लागि स्वीट्जरल्याण्डका राजदुत एलिजाबेथ भान क्याफ्लरले बताएकी छन्।

अस्थायी राजधानी विराटनगरस्थित मुख्यमन्त्री शेरधन राईसँगको छलफलका क्रममा राजदुत क्याफ्लरले यस्तो बताएकी हुन्। दुबैबीच रोडषेशचोक नजिक रहेको मुख्यमन्त्रीको कार्यालयमा भेटवार्ता भएको हो। त्यस क्रममा राजदूत क्याफ्लरले प्रदेश नम्बर एकको विकासका लागि स्वीस सरकार सहयोग गर्न तयार रहेको बताएकी छन्।

मुख्यमन्त्री सचिवालयका अनुसार छलफलका क्रममा स्वीस राजदूत क्याफ्लरले प्रदेश नम्बर एकमा स्वीस विकास परियोजना मार्फत पूर्वाधार विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइन्।

‘यहाँको विकासका लागि स्वीस सरकारले सस्पेन्सन व्रिज अर्थात झोलुङ्गे पुल र सडक, पुल निर्माणमा सहयोग गर्नेछ,’ राजदुत क्याफ्लरले भनिन्।

करिब ४५ मिनेटसम्म चलेको छलफलका क्रममा प्रदेश नम्बर एकको ग्रामीण क्षेत्रको विकास र स्तरोन्नतिका लागि नयाँ परियोजनाहरु अघि बढाउने विषयमा समेत कुरा भएको थियो।

मुख्यमन्त्री नियुक्त भएपछि राईको यो नै पहिलो कुटनितिक नियोगका प्रतिनिधिसँगको भेटवार्ता हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?