हबिबको सैलुनमा आँखामा पट्टी बाँधेर आगोले केश काटियो

हबिबको सैलुनमा आँखामा पट्टी बाँधेर आगोले केश काटियो
+
-

काठमाडौँ– झण्डै डेढ दशक अघिदेखि नेपाल प्रवेश गरेको भारतको प्रतिष्ठित हबिब्स हेयर एण्ड ब्युटी सैलुनले शुक्रबारदेखि नेपालमा दोस्रो शाखा सञ्चालनमा ल्याएको छ।

ललितपुरको जावलाखेलमा स्थापित ‘हबिब्स बेरिना सलोन फर हिम एण्ड हर’ को उद्घाटन चलचित्र अभिनेता आयुष्मान देशराज जोशी तथा अभिनेत्री प्रियंका कार्कीले संयुक्त रुपमा गरेका हुन्।

रिबन काटेर सैलुन उद्घाटन गर्दै अभिनेत्री प्रियंका कार्कीले अन्तर्राष्ट्रिय ख्याति आर्जन गर्न सफल हेयर स्टाइलिस्ट हबिबको सैलुन नेपालमा विस्तार हुनुले हेयर स्टाइलप्रति आकर्षित नेपाली युवा–युवतीहरु थप स्मार्ट हुने धारणा व्यक्त गरिन्।

अभिनेता आयुष्मान देशराज जोशीले हबिबका सलुनमा युवतीमात्र होइन, युवाहरुले पनि उत्कृष्ट सेवा पाउने भएपछि आफू समेत लाभान्वित हुने धारणा व्यक्त गरे। उद्घाटन समारोहमा द हाउस अफ हबिब्सले भारत तथा भारतभन्दा बाहिर विभिन्न ३१ वटा शाखाहरु सफलतापूर्वक सञ्चालन गरिरहेको जानकारी गराइयो।

‘यसले आफ्ना तीन पुस्तामार्फत आफूलाई हेयर स्टाइलिङ तथा व्यक्तित्व हेरचाहको विषयमा आफूलाई समर्पित गर्दै आएको छ,’ समारोहमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विश्वभरि नै हबिबका सैलुनहरु व्यवसायिक तथा ग्राहकको सन्तुष्टिका लागि परिचित भैसकेका छन्।’

ललिपुरका स्थानीयलाई सेवा पुर्‍याउने उदेश्यले जाउलाखेलमा शाखा विस्तार गरिएको हबिब्स बेरिना सैलुनले जनाएको छ। जाउलाखेलको उक्त शाखा नेपालकै दोस्रो आउटलेटको रुपमा सञ्चालनमा आएको हो। यो सैलुनमा महिला तथा पुरुष दुबैका लागि सेवा प्रदान गरिनेछ।

सैलुनको उद्घाटन समारोहको मुख्य आकर्षणको रुपमा भारतका चर्चित हेयर स्टाइलिस्ट निलेश पारेखले आफ्नो विशेष हेयर कटिङ तथा स्टाइलिङ शो केस प्रस्तुत गरे। यसअघि लिम्का बुक अफ रेकर्ड्स तथा एशिया बुक अफ रेकर्ड्सुमा नाम लेखाइसकेका भारतीय हेयर स्टाइलिस्ट पारेखले उद्घाटन समारोहमा आँखामा पट्टी बाँधेर आगोमार्फत एउटी युवतीको केश काटेका थिए।

ट्रेण्ड्स एड्भर्टाइजिङ एण्ड मार्केटिङ कन्सल्टेन्ट्ले व्यवस्थापन गरेको उक्त समारोहमा काठमाडौंका थुप्रै हेयरस्टाइलिष्ट तथा व्युटिसियनहरुको बाक्लो उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?