
नेपालगञ्ज – खेतमा गोबरको गुइँठा लिन गएकी १५ वर्षीया बालिकालाई बलात्कारको प्रयास भएको छ।
बाँकेका २५ वर्षीय साकिर कबडीयालाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ।
घटनामा संलग्न भएको आरोप लागेका कबडीयालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट हेर्ने प्रहरी निरीक्षक रण बहादुर बिष्टले अभियुक्त कबडीया विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको जानकारी दिए। उनलेले अनुसन्धान पछि अदालतमा मुद्दा दायर गर्ने बताए।
बालिकाका आफन्तले शुक्रबार दिउँसो करिब ४ बजे गोबरको गुइँठा बोकर फर्किरहेकी बालिकालाई कबडीयाले बलात्कार प्रयास गरेको भन्दै प्रहरी कार्यालयमा उरुरी दिएका थिए।
बालिकाले प्रतिकारसँगै चिच्याएपछि कबडीया भागेका थिए। कबडीयासँग प्रतिवाद गर्ने क्रममा बालिकाको अनुहार चोट लाग्नुको साथैं उनको कपडाहरु च्यातिएका छन् । बालिकालाई खेतमा एक्लै देखेपछि कबडीयाले बलात्कारको प्रयास गरेको आरोप छ।
बाँकेमा चालु आर्थिक वर्षमा जबरजस्तीका करणीका १८ मुद्दा दर्ता भइसकेको छन् । आफन्त, चिनेजानेका मान्छेबाटै करणीका घटना धेरै आइरहेका प्रहरी बताउँछ ।