भक्तपुरमा फागूको बेग्‍लै चलन, जहाँ लिङ्‌गलाई पूजिन्छ!

भक्तपुरमा फागूको बेग्‍लै चलन, जहाँ लिङ्‌गलाई पूजिन्छ!
+
-

भक्तपुर-

‘भीमसेन देया लज खङ्गलो वानला ल्याँसे,
बिस्युवाने म्वायक सो झायला”  अर्थात  भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्‍नु नपर्ने गरी हेर्न आउनुभयो कि!

दत्तात्रेय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा शनिबार बिहान यो गीत गुञ्जिरहँदा भीमसेनको लिङ्ग दर्शन गर्न आउनेको उत्तिकै भीड लागेको थियो । फागु पूर्णिमासम्म हरेक दिन बिहान यसैगरी यो नेवारी भाकाको गीत गुञ्जिने गर्छ।

फागुपूर्णिमाका अवसरमा तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा बसेर भीमसेन गुठीका गायजुहरुले यही गीत गाएर फागुपूर्णेको स्वागत र बिदाइ गर्छन्। पूर्णिमासम्म चल्ने फागु पर्व हेर्न र संगीतमा रमाउन स्थानीयवासीले सधैँ जम्मा भएर यसरी नै परम्परालाई धान्दै आएका छन् ।

फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको तीन हात लामो र ३० इञ्च मोटो काठबाट बनेको लिङ्गलाई दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलमा घुमाउने परम्परा छ। टोलटोलमा ल्याइएपछि भीमसेनको लिङ्गको दर्शन गर्ने परम्परा छ।

घर र पसलमा घुमाइएको लिङ्गलाई भक्तजनले स्पर्शगरी ढोग्ने र दान दक्षिणा दिने गर्छन्। यस वर्ष भने लिङ्गलाई काँधमा नबोकी सवारी साधनमा राखेर घुमाइएको छ।यसरी घुमाउँदा वर्षौंदेखिको परम्परा लोप हुने र संस्कृतिमा विकृति पस्ने भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेल बताउँछन्।

यहाँको भीमसेन गुठीले परम्परादेखि नै फागुपूर्णेलाई यौनपर्वका रुपमा लिँदै आएका छन्।गुठीले हरेक वर्षझैँ यस वर्ष पनि फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकलाई झुण्ड्याएर यौन समागमको प्रतीक चित्रण गर्छ।यसलाई पूजा एवं दर्शन गर्न स्थानीय बासिन्दा सधैँ बिहान आउने गर्छन् ।

धौभडेल भन्छन्, ‘फागुनशुक्ल अष्टमीका दिन बिहान काठको लिङ्गलाई भक्तपुरको टोल छिमेक, घर, पसलैपिच्छे घुमाएर पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याइन्छ। चिर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि यहाँ फागु शुरु हुने परम्परा छ।”

काठको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको प्वाललाई द्रौपदीको योनीका रुपमा लिने गरिएको छ। यी प्रतीकलाई यहाँका बासिन्दाले विकृतिका रुपमा नभई सांस्कृतिक महत्वका रुपमा संरक्षण गर्दै आएको उनी बताउँछन्।

बजार घुमाइएपछि भीमसेन मन्दिरमा ल्याइएको लिङ्ग र योनीका प्रतीक भीमसेन पाटीमा झुण्ड्याउने परम्परा छ।दक्षिण एशियामा फागुपर्व कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित भए पनि विशेषतः भक्तपुरमा भीमसेनसँग सम्बन्धित छ। लिङ्ग झुन्ड्याइएपछि यहाँको नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्छ। पर्वभरि शनिबार र मंगलबार भीमसेन मन्दिरमा मेला लाग्छ।

‘जीवनमा यौन अनिवार्य आवश्यकता हो, यौन भगवान्‌को पालामा पनि थियो र मान्छेको पालामा पनि छ। यौनको आवश्यकता कीराफट्यांग्रादेखि पशुपंक्षीमा समेत छ।

यौनविनाको जीवन अधूरो हुन्छ। भीमसेन मन्दिरमा परापूर्वकालदेखि चल्दै आएको यो परम्पराले यौनको महत्वलाई अझ फराकिलो पारेको छ’, स्थानीयवासी ७१ वर्षीय मोहन प्रजापति बताउँछन। मन्दिरमा झुण्ड्याएर राखिएको लिङ्ग र योनीको अवलोकन गर्न काठमाडौँ उपत्यकाकै व्यापारी र धार्मिक विश्वास राख्ने व्यक्ति आउने भीमसेन गुठीयार बताउँछन्।

फागुपूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनःमन्दिरमा राख्‍ने परम्परा छ।

यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यस वर्ष छोरा जन्मन्छ भन्‍ने जनविश्वास अहिलेसम्म रहेकाले लिङ्ग बोक्न छोरा नहुनेहरुबीच प्रतिष्पर्धा चल्छ। लिङ्ग पखालेर भीमसेन मन्दिरमा ल्याइएपछि यस वर्षको फागुपर्व समाप्त हुन्छ।

भीमसेन मन्दिरको स्थापना १७औँ शताब्दीमा राजा जगत्प्रकाश मल्लले गरेको इतिहासमा उल्लेख छ।ती राजाको समय नेसं ७८१ र ७९२ मा लेखिएका फागुसम्बन्धी गीत पाइएका कारणले यसको थप पुष्टि हुने धौभडेल बताउँछन्।

रमेश  गिरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?