
एजेन्सी- बलिउडका महानायक अमिताभ वच्चन अब र्याप अवतारमा देखा पर्ने भएका छन्। हालै उसले सामाजिक सञ्जाल फेसबुक र इन्टाग्राममा एउटा भिडियो/फोटो शेयर गरेका छन्। जसमा उसले र्याप तरिकाले गीत गाएका छन्।
उनले उक्त गीत आफ्नो फिल्म १०२ नट आउँटको लागि आफैले गाएका हुन्।
उसले भिडियो सेयर गर्दै लेखेका छन्, ‘ विहान ३.३० बजे रेकर्डिङ स्टुडियोमा। र्याप गाउने कोशिस गरिरहेको छु। 102 नट आउटको लागि।’
गीतमा उसले आफ्नो दमदार आवाजलाई र्याप गीतसँग जोडिहेको देखिन्छन्। यसअघि पनि उसले धेरै फिल्ममा गीत गाइसकेका छन्।
T 2625 – @102notout .. composed sung and arranged a song for the film .. and at 2:30-3 in the night .. jamming at a ‘rap’ .. fun . !!https://t.co/iHbCD7hboI pic.twitter.com/tuFVuFdr31
— Amitabh Bachchan (@SrBachchan) February 24, 2018