सिरिया युद्ध

३० दिने युद्ध विराममा सहमति, पूर्वी गुटामा सहायता सामग्री लैजाने तयारी

३० दिने युद्ध विराममा सहमति, पूर्वी गुटामा सहायता सामग्री लैजाने तयारी
+
-

सिरियामा चलिरहेको युद्ध रोक्ने उद्देश्यले प्रस्ताव गरिएको ३० दिने युद्ध विराममा संयुक्ता राष्ट्रसंघमा सहमति बनेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद बैठकमा ३० दिने युद्ध विराम प्रस्तावमा सहमति जुटेको हो ।

यो प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । सुरक्षा परिषदका सबै १५ सदस्य राष्ट्रले प्रभावित क्षेत्रमा मानवीय सहायता सामग्री तथा अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने बाटोको रुपमा रहेको युद्ध विरामको पक्षमा मत दिएका हुन् ।

यो हप्ताको सुरुदेखि सिरिया सरकारले राजधानी दमासकसको बाहिरी क्षेत्रमा रहेको बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटामा कारवाही अभियान चलाएको छ ।

सिरियामा चलिरहेको

सिरिया सरकारले गुटामा भइरहेको आक्रमण बिद्रोही लक्षित रहेको दाबी गरेको छ । तर मर्कामा सर्वसाधारण नागरिक परेका छन् ।

सरकारी सेनाले गरेको हवाई तथा रकेट आक्रमणका कारण अहिलेसम्म पाँच सय भन्दा बढी सर्वसाधारण नागरिकको ज्यान गएको छ । पूर्वी गुटामा सरकारी सेनाले सुरु गरेको कारवाही अभियानका क्रममा सर्वासाधारण नागरिक मर्कामा परेपछि सुरक्षा परिषदले युद्ध विरामको प्रस्ताव ल्याएको हो ।

सिरियामा चलिरहेको

सन् २०१३ देखि बिद्रोहीको कब्जामा रहेको र अहिले सरकारी सेनाको हवाई तथा रकेट आक्रमणको चपेटामा परेको पूर्वी गुटामा खाद्यान्नको चरम अभाव छ ।

तर युद्ध विरामको पक्षमा मत आएपछि पनि आक्रमण नरोकिएको पूर्वी गुटामा रहेका अधिकारकर्मीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । बिहीबार प्रस्तुत भएको युद्ध विराम प्रस्तावमा लामो छलफल भएपछि सहमति जुटेको हो ।

सुरुमा रुसले यो प्रस्ताव मान्न अस्वीकार गरेको थियो । रुसले सिरियाली सेनालई समर्थन र सहयोग गर्दै आएको छ । तर अहिले आएर रुसले पनि सहमति जनाएको छ ।

सम्बन्धित समाचार 

सिरिया युद्ध : पूर्वी गुटाको अवस्था नाजुक, सुरक्षाकर्मीको आक्रमणमा २५० जनाको मृत्यु

सिरियामा इजरायलको ३५ वर्ष यताकै ठूलो आक्रमण

सिरियामा रसायनिक हतियारको प्रयोग भएको आशंका-राष्ट्रसंघ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?