एपीएफले चुम्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

एपीएफले चुम्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि
+
-

धनगढी- धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिमाथि विभागीय टोली एपीएफले कब्जा जमाएको छ।

आईतवार फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा पुर्वाञ्चलमाथि ७ विकेटको जित निकाल्दै एपीएफले राष्ट्रीय महिला क्रिकेट प्रतियोगीताको उपाधिमाथि कब्जा जमाएको हो।

फाईनलमा जित दर्ता गर्दै एपीएफले ५ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।उपविजेता बनेको पुर्वाञ्चलले भने २ लाख नगद सहित ट्रफी र मेडरमा चित्त बुझाएको छ। टस हारेर व्याटीङको निम्तो पाएको पुर्वाञ्‍चलले फाईनलमा आशा गरे अनुसारको व्याटीङ गर्न सकेन्।२० ओभरमा ५ विकेट गुमाउदै पुर्वाञ्चलले ६० रन मात्रै बनाउन सक्यो।

पुर्वाञ्चलका लागी काजोल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउन बाहेक अन्यले दोहोरो अंक पनि छुन सकेनन्।एपीएफका बलरहरुले कसीलो बलीङ गर्दै पुर्वाञ्चलका व्याट्सम्यानहरुलाई खुलेर व्याटीङ गर्न दिएका थिएनन्। एपीएफका लागी रेखा रावल, करुणा भण्डारी, रितु कनौजीया, अञ्जली चन्द र सिता रानामगरले समान १÷१ विकेट लिईन्।

६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको एपीएफले १६ दशमलव ३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेटाएको हो। एपीएफका लागी ज्योती पाण्डेयले २२ र सरिता मगरले अविजीत रहदै १५ रन बनाईन्।पुर्वाञ्चलकी शान्ती चौधरी र संगिता राईले समान १/१ विकेट लिईन्।प्लेयर अफ द फाईनल एपीएफकी ज्योती पाण्डेय भईन्।

जितपछि प्रतिक्रीया दिदै एपीएफकी कप्तान विनु बुढामगरले खेलाडीहरुको अलराउण्ड प्रदर्शनले उपाधी जितेको बताउदलै महिला क्रिकेटको उत्थानका लागी सबै क्षेत्र सक्रिय बन्नुपर्ने बताईन्।

यस्तै प्रतियोगीताको वुमन अफ द सिरिज हुदै पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीले १० हजार नगद सहित ट्रफी प्राप्त गरिन्।प्रतियोगीतामा उत्कृष्ट बलर पनि क्षेत्री नै भएकी छिन् भने उत्कृष्ट व्याट्सम्यान पनि प्रतियोगीताभरी १ सय ६ रन बनाउदै पुर्वाञ्चलकै काजोल श्रेष्ठ भईन्।उदीयमान खेलाडी सुदुरपश्चिमकी लक्ष्मी साउद भईन्।

फेयर प्लेय टिमको पुरुष्कार सुदुरपश्चिमको टिमले पाएको छ।उत्कृष्ट सबै खेलाडीलाई समान ५÷५ हजार सहित पुरुष्कार वितरण गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?