राष्ट्रियसभामा मनोनित तीनजनालाई शपथ ग्रहण नगराउन सर्वोच्चको अन्तरिम आदेश

+
-

काठमाडौं- सर्वोच्च अदाललते राष्ट्रियसभामा मनोनित तीनजनालाई शपथ ग्रहण नगराउन अन्तरकालीन आदेश दिएको छ।

शुक्रबार शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेर केपी ओली नेतृत्वको सरकारले नाम फिर्ता लिएका गोपाल बस्नेत, चाँदनी जोशी र कृष्ण पौडेलले दायर गरेको रिटको सुनुवाई गर्दै शपप ग्रहण रोक्न आदेश दिएको हो।

फागुन २० गते संघीय संसदका सदस्यको शपथ ग्रहण तोकिए पनि त्यसै दिन छलफलका लागि उपस्थिति हुन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले आदेश दिएको हो।

सर्वोच्चको आदेशमा भनिएको, ‘संघीय संसदको सूचना बमोजिम २०७० फागुन २० को शपथ कार्यक्रममा राष्ट्रियसभाको सदस्यमा मनोनित डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेललाई माननीय सदस्यहको हैसियतमा शपथ ग्रहण नगर्नु नगराउनु।’

माघ २६ गते देउवा नेतृत्वको सरकारले सिफारिस गरेका बस्नेत, जोशी र पौडेलको नाम फिर्ता लिएर ओली नेतृत्वको सरकारले डा. युवराज खतिवाड, विमला पौडेल र रामनारायण बिडारीलाई सिफारिस गरेको थियो।

देउवा सरकारले सिफारिस गरेका व्यक्तिको नाम झण्डै दुई हप्ता स्वीकृत नगरेकी राष्ट्रपति विद्यादेवि भण्डारीले पछिल्लो सिफारिस भने लगत्तै स्वीकृत गरेकी थिइन् । जसविरुद्ध शुक्रबार सर्वोच्चमा रिट दर्ता भएको थियो।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’