
भारतीय अभिनेत्री श्रीदेवीको शनिबार बेलुका हृदयघातका कारण निधन भएको छ ।
उनी सन् १९६९ मा चार वर्षको उमेरमा चलचित्रमा अभियन गर्न सुरु गरिन् ।
त्यसको ६ वर्षपछि सन् १९७५ मा हिन्दी चलचित्रमा जुली मार्फत कलाकारको रुपमा डेब्यु गरिन् ।
चार वर्षको उमेरमा तमिल चलचित्र कन्धन करुणईबाट उनले आफ्नो चलचित्र यात्राको सुरुवात गरेकी थिइन् ।
उनले बालकलाकारको रुपमा तेलुगु र मलयालम चलचित्रमा पनि उनले अभिनय गरेकी छन् । दक्षिण भारतीय चलचित्रमा अभिनय गरेपछि उनले सन् १९७९ मा सोलहवां साल चलचित्रबाट मुख्य कलाकारको रुपमा हिन्दी चलचित्रको यात्रा सुरु गरेकी हुन् ।
सन् १९८० को दशकलाई अभिनेत्रीको हिसाबले श्रीदेवीको दशकको रुपमा लिने गरिन्छ । उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट चलचित्र दिएकी छन् । उनलाई लेडी अमिताभ बच्चन पनि भन्ने गरिन्छ ।
उनले सन् २०१३ मा भारतको चौथो उच्चतम नागरिक पुरस्कार पद्यश्री सम्मान पाएकी थिइन् ।
उनले सन् १९८३ मा चलचित्र हिम्मतवालाबाट निकै चर्चा कमाइन् । उनका सदमा, नागिन, निगाहें, मिस्टर इन्डिया, लम्हे, खुदा गवाह, जुदाई जस्ता चलचित्र रहेका छन् । उनले अहिलेसम्म पाँचपटक फिल्मफेयर अवार्ड जितेकी छन् ।
सामान्यता कम समय हुने चलचित्र करिअरमा उनले ५० वर्षको लामो समय बिताइन् । तर जीवनको करिअरमा उनी लामो समय बस्न पाइनन् ।
श्रीदेवीका बारेमा केही जानकारी
सन् १९६९ मा आएको एमए थिरुमुगमको थुनाइवान श्रीदेवीको पहिलो चलचित्र थियो । त्यसमा उनले बालकलाकारको रुपमा काम गरेकी थिइन् ।
श्रीदेवीको वास्तविक नाम श्री अम्मा यंगर अयप्पन हो । चलचित्रका लागि उनको नाम श्रीदेवी तय गरिएको हो ।
अनिल कपूर र जितेन्द्रसँग उनको जोडी खुब जमेको थियो । जितेन्द्रसँग उनले १६ चलचित्रमा काम गरिन्, त्यसमा १३ चलचित्र सफल भए ।
सदमा सन् १९८३ मा रिलिज भएको थियो । यसबाट उनले निकै चर्चा कमाइन् । यो तमिल फिल्म मुंदरम पिराईको रिमेक थियो ।
श्रीदेवीले धर्मेन्द्र र उनका छोरा सन्नी देओलसँग पनि काम गरेकी छन् ।
न्या कदम, मकसद, मास्टरजी र नजरानामा राजेश खन्ना र उनको जोडी सफल रह्यो ।
सन् १९८९ मा आएको चाँदनीबाट उनलाई ठूलो सफलता मिल्यो । उनी यश चोपडाकी प्रिय हिरोइन बनिन् । लम्हेमा फेरि उनीहरुले सँगै काम गरे ।
उनी खुदा गवाहमा अमिताभ बच्चनका साथ डबल रोलमा देखिइन् । यसअघि उनले चालबाजमा पनि डबल रोल गरेकी थिइन् ।
मिस्टर इन्डिया सायद भारतको पहिलो साइन्स फिक्सन सुपरहित चलचित्र हो ।
उनले करिअरको सुरुमा आफ्ना लागि डबिङ गरेकी थिइनन् ।
सम्बन्धित समाचार